सुडालमा मनोसामाजिक सहायता कार्यशाला सम्पन्न

1420

चाँगुनारायण नगरपालिकामा वडा नं. ८ साविक सुडाल गा.वि.स.मा भूकम्प प्रभावितका लागि मनोसामाजिक सहायता कार्यशाला सम्पन्न भएको छ ।

२०७२ साल बैशाख १२ र त्यसपछिको भूकम्पले मानवीय तथा भौतिक क्षति पुर्याएको र ति भूकम्प प्रभावित अहिले सम्म पनि अस्थायी बासस्थानमा बस्नु परिरहेको छ ।

आफन्त, बस्ने बास, गरिरहेको पेशा गुमाउँदाको पिडाले अहिले पनि भूकम्प प्रभावितहरु तनावमा छन् । त्यहि तनाव व्यवस्थापनका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुर अन्र्तगत भूकम्प प्रतिकार्य कार्यक्रमले मनोसामाजिक सहायता कार्यशाला सञ्चालन गरिरहेको छ ।

कार्यशाला चार चरणमा सञ्चालन गरिएको छ । पहिलोमा स्वअवधारणा र आत्मसम्मान दोस्रोमा स्वसचेतना, समानुभूती र सहानुभूती तेस्रोमा स्वास्थ र तनाव चौथौंमा हामी र हाम्रो सञ्जालहरुलगाएतका विषयहरु समावेश छन् ।

सुडाल उपशाखाका सभापति विदुर नेपालले सहजीकरण गर्नुभएको कार्यशालामा वडा नं. ८ का २६ जना भूकम्प प्रभावित महिलाहरु सहित भूकम्प प्रतिकार्य कार्यक्रमका अधिकृत निलम ढुङ्गाना र सामाजिक परिचालक जयराम लामाको सहभागिता रहेको थियो ।