चाँगुनारायण । भक्तपुर जिल्लाको साविक सुडाल गा.वि.स. हाल चाँगुनारायण नगरपालिका वडा नं. ८ र काभ्रे जिल्लाको साविक टुकुचा गा.वि.स. हाल वनेपा नगरपालिका वडा नं. १ को दोसाँध कलममसीमा नाग पञ्चमीको अवसरमा १०८ फिट अग्लो महादेव विराजमान हुनुभएको मुर्तिको शिलान्यस हुने भएको छ ।
शिव तान्त्रिक गुरु वुद्धि कुमार ज्यू र भक्तपुर तथा काभ्रेका स्थानीयहरुको सहयोगमा करिब २० करोड रुपैयाको लागतमा सो मुर्ति निर्माण गर्न लागिएको हो ।
२२ वर्षदेखि तान्त्रिक विधिबाट उपचार गर्दै आएका बुद्धि कुमार खडगी हात हेरेको दक्षिणा भेटी संकलन र समुदायको सहयोगमा उक्त लागतको मुर्ति निर्माण गर्न लागेको बताउँनुहुन्छ । सौन्दर्यता, उपत्यका दृश्यावलोकन गर्न सकिने स्थान र उपत्यका भित्रै रहेर पनि ओझेलमा परेको स्थानमा आफुले काम गर्न लागेको उहाँ बताउँनुहुन्छ । त्यहाँको समुदायको जीवनस्तरमा पनि परिवर्तन ल्याउनु मुल ध्येय भएको गुरु बुद्धि कुमारको भनाइरहेको छ ।
मुर्ति शिलान्यस कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्नको लागि विभिन्न समिति गठन गरिएको छ । कृष्णप्रसाद नेपालको संयोजकत्वमा प्रचारप्रसार, आर्थिकमा जितवहादुर नेपाल, प्रसाद व्यवस्थापनामा रामप्रसाद घिमिरे, स्वयंसेवक व्यवस्थापनमा रामजी नेपालको संयोजकत्वमा १०१ समिति गठन गरिएको छ ।