भक्तपुर । कहि नभएको जात्रा हाँडिगाउँमा भने जस्तै कहि नभएको नियम भक्तपुर अस्पतालमा रहेको छ । जहाँ विकास समितिका अध्यक्षलाई सहि नै नगराइकन कर्मचारीले विकास समितिको कोष चलाई रहेका छन् ।
भक्तपुर अस्पतालमा विकास समितिका अध्यक्ष त छन् तर खोपाको देवता जस्तो कसैलाई केहि भन्न नपाउने केहि गर्न नपाउने । यति सम्म कि विकास समितिको कोष संचालनको लागि विकास समितिको अध्ययक्षको सहि वेगर चलाउन नपाउने नियम छ तर भक्तपुर अस्पतालमा भने विकास समितिका अध्यक्षलाई नै थाहा हुन्न कोष कहाँ कहाँ खर्च भयो भन्ने ।
म आफैलाई अचम्म लाग्छ विकास समिति छ म आफै त्यसको अध्यक्ष छु तर विकास समितिको अध्यक्षको सहि नै नगराई विकास समितिको कोष चलाई रहेका छन् भक्तपुुर अस्पताल विकास समितिका अध्यक्ष प्रेम वहादुर खड्का वताउँनुहुन्छ । उहाँका अनुसार म विकास समितिमा आए देखि केहि नै केहि लफडा अस्पतालमा भई नै रहेको छ ।
मैले १२ बजे भाग्ने डाक्टरलाई नियममा काम गर्न लगाउन खोजे जसको परिणाम स्वरुप अस्पतालले मलाई टेर्दैन अचम्म भएको छ । भक्तपुर अस्पतालमा तलव सुविधा लिएर निजी क्लिनिकमा जाने माफिया डाक्टर हरुको संजालले भक्तपुर अस्पताललाई धमिराले काठ खाए जस्तो वनाएको रहेछ जसमाथी कर्मचारी तन्त्र अनी विकास समितिमा समेत मनोमानी जुन अचम्मको नै पक्ष भएको उहाँ वताउनुहुन्छ ।
सयौं वसन्त पार गरेको भक्तपुर अस्पताल केन्द्र वाट नजिक भए पनि विभिन्न चलखेल र अनियमितताका कारण जहिले पनि विवादमा नै आउने गरेको छ ।