भक्तपुर । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले आफ्नो घर भित्रको समस्या समाधान त गर्न नसक्ने देशको प्रधानमन्त्री भएको आरोप लगाएका छन् ।
भक्तपुरको रफत संचार क्लवमा आयेजित कार्यक्रममा वोल्दै उहाँले आफ्नो घर अर्थात नेपाली काँग्रेस जहाँ आफु सभापती रहेका छन् त्यस भित्रको समस्या त समाधान गर्न नसक्नेले के देशको समस्या समाधान गर्न नसक्ने आरोप लगाउनुभएको हो ।
शेरवहादुर देउवा पटक पटक असफल भई सक्नु भएको छ । उहाँ फेरी असफल प्रधानमन्त्रीका रुपमा परिचित हुन फेरी सरकारमा आउनु भएको छ यो जतिको लाजमर्दो विषय अरु कुनै पनि नभएको उनको भनाई थियो ।
कार्यक्रममा वोल्दै उनले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आसन्न २ नंम्बर प्रदेशको निर्वाचनमा आफनो भोट बैंक घट्ने आशंकाले राजपालाई निर्वाचनमा रणनीतिगत रुपमा ल्याउन नखोजेको आरोप समेत लगाएका छन् ।
सचिव ज्ञवालीले नेकपा एमाले भने राजपालाई निर्वाचनमा ल्याउने पक्षमा भएपनि सत्तारुढ दलले राजपालाई निर्वाचनबाट टाढा राख्न खोजिरहेको बताएका हुन् ।
उनले स्थानीय तहको निर्वाचनको स्मरण गर्दै भरतपुर घटनाका दोषी सरकारले कारवाही गर्न नसकेको आरोप लगाएका छन् । उनले यस घटनामा अदालत समेत कहि कतैबाट प्रभावीत भैरहेको आशंका ब्यक्त गर्दै यदि यसो नभएको भए किन पेशी माथी पेशी थपिन्छ यो नियत वष भएको घटना हो ।