भक्तपुर । राप्रपामा भक्तपुरमा चुलिदै विवादले भक्तपुर कार्यसमिति बैठकमा अध्यक्ष दिनेश श्रेष्ठ आफै अल्पमतमा परेका छन् ।
राप्रपाका जिल्ला अध्यक्ष दिनेश श्रेष्ठले निर्वाचनको समयमा गरेको अन्तरघातका कारण २९ मध्य १७ कार्यसमिति सदस्यले बैठक वहिस्कार गरेपछि उनी अल्पमतमा परेका हुन् ।
यस्तै भक्तपुरवाट केन्द्रिय सदस्यहरु रविन्द्रप्रताप शाहा र योवती कार्की लगायत पदेन सदस्यहरुले पनि कार्यसमिति वैठक वहिस्कार गरेका छन् ।
मंगलवार राप्रपा भक्तपुर कार्यसमितिको बैठक अल्पमतमा नै भएपनि बसेको थियो । उक्त बैठकमा जिल्ला कार्यसमितिका दुई सदस्य र दुई केन्द्रिय सदस्यलाई कारवाहिको सम्वन्धमा भएको छलफलमा जिल्ला सदस्यहरु भुवन ढुंगेल र रामकुमार कार्कीले असहमत जनाउँदै नोट अफ डिसेन्ट लेखेपछि बैठक अनिर्णयमा नै टुङ्गिएको थियो ।
बहुमत सदस्हरुले बैठक बहिस्कार गरेपछि अध्यक्ष र उनी पक्षका पदाधिकारीहरु अन्योलमा परेका छन् ।
विगत २ महिना देखि राप्रपा भक्तपु जिल्ला कार्यसमितिले पुर्ण बैठक राख्न सकेको छैन ।
राप्रपा जिल्ला अध्यक्षले स्थानिय निर्वाचनमा आफै राप्रपालाई हराउन लागि परेको आरोप लगाउँदै वहुमत जिल्ला सदस्यले उनको विरोध गर्दै आएका छन् । यस्तै वहुमत सदस्यले जिल्लाको समस्यको समाधान नभएसम्म केन्द्रिय समितिको बैठक भन्दा बाहेक पार्टीको कुनै पनि कार्यक्रममा भाग नलिने जनाएको छन् ।