सुडाल । लगातारको वर्षाका कारण सुडालमा यातायात अवरुद्द भएको छ ।
च्यामासिह पपिलवोट सडक खण्डमा विभिन्न सथानमा पहिरो एवं नाली पुरिँएर सडक अवरुद्द हुँदा यातायात वन्द भएको हो ।
यातायातका साधन चल्न नसक्दा बुधवार दिनभर स्थानिय वासिन्दाले सास्ती खेप्नु परेको थियो ।
सडकमा भएका खाल्डा खुल्डी एवं पहिरो हटाउन विहान देखि स्थानिय वासिन्दा बस ब्यवसायी विद्यार्थीलागि परेको बस ब्यवसायी कुवेर खत्रीले वताउनुभयो ।
सडक खण्डमा बगेको नालीका कारण सडकमा भएका खाल्डा र भासिएको सडक मर्मतमा भने स्थानियका हातमा नभएका कारण सायौंको संख्यामा स्थानिय वासिन्दा बस ब्यवसायी विद्यार्थीहरु सडक मर्मतका लागि आवहान गर्न चाँगुनारायण नगरपालिका धर्ना कस्न नै पुगेका थिए ।
लगातारको वर्षाका कारण सडकमा सवारी साधन चल्न नसक्दा स्थानियले साहैं दुःख पाएको स्थानिय प्रकास गजुरेलले वताउनुभयो । बाटो अवरुद्द भएको छ सवारी साधन चल्न सक्ने अवस्था छैन हिड्न बाटो पुरै हिलाम्मे छ न मोटरसाईकल सम्म पनि चलाउन सक्ने अवस्था छ हैरान भएर स्थानिय निकायमा सडक मर्मतकालागि आफुहरु आएको अर्का स्थानिय सुसिल खत्रीले बताउनुभयो ।
आफ्नो माग सहित गएका स्थानिय वासीलाई छिटै नै बाटो मर्मत गर्न आफुले पहल गर्ने र यातायात सुचारु गर्न सहज वातावरण निर्माण गर्ने चाँगुनारायण नगरपालिका वडा नंम्वर ८ का वडा अध्यक्ष परासर सापकोटाले बताउनुभयो ।
सडकका भएका खाल्डा खुल्डी पुर्न र पहिरो हटाउन जेसिभिको ब्यवस्था गरि दुई दिन भित्रमा सडक पुर्ण रुपमा सुचारु गर्न आफु लागि पर्ने समेत उहाँले वताउनुभयो ।