चौधरी ग्रुपको ठगी धन्दाले भक्तपुरका ब्यवसायी आक्रोशित
भक्तपुर । भक्तपुरको प्रशिद्द जुजु धौंको नक्कली उत्पादनले बजारमा खुलेयाम उपाभोक्तालाई ठगी रहेको छ । चौधरी ग्रुपले नक्कली जुजु धौं बजारमा ल्याएर उपभोक्तालाई ठगी गरि रहेको हो ।
चौधरी ग्रुपले उत्पादन गरि रहेको उक्त दहि कुनै पनि जुजु धौ नभएको भक्तपुरका ब्यापारी वताउँछन् । उनीहरुका अनुसार जुजु धौ बनाउनका लागि विभिन्न प्रक्रिया पुरा गर्नु पर्दछ जुन प्रक्रिया बेगर नै उक्त उत्पादन बजारमा ल्याएर चौधरी ग्रुपले उपभोक्त ठगेको उनीहरु वताउँछन् ।
बजारमा कमसल दहिलार्य जुजु धौं भनी खुलेयाम ठगी गर्दा पनि सम्वन्धित निकाय भने मौन रहेको छ ।
चौधरी समुहको उक्त उत्पादीत दहिको उत्पादन स्थान मकवानपुर जनाईएको छ जवकी मकवानपुरमा जुजु धौ बनाउनु सम्भव नै नभएको ब्यवसायी वताउँछन् ।
परापुवै कालदेखि यो दहि केवल भक्तपुरमामात्र बन्दै आएको छ र खास जुजु द्यौ केवल भक्तपुरको जुजु धौ हो यसको कुनै विकल्प नै नभएको भक्तपुरका दहि ब्यवसायी वताउँछन् । उनीहरुका अनुसार चौधरी ग्रुपले जसरी प्याक गरि विक्री गरि रहेको छ त्यसरी जुजु धौ विक्री गर्न सम्भव नै छैन तथापी यसरी सर्वसाधारणको आँखामा छारो हानी दिन दाहाडै ठगी गर्नु अकल्पनिय अपराध भएको भक्तपुर वासी वताउँछन् ।
कुनै दर्ता विना नै विक्री वितरण गर्दै आएको उक्त दहि नक्कली भएको स्वत नै ठहर हुन्छ । दर्ता विना अनी कुनै पनि आधार विना नै नक्कली दहि जसमा विभिन्न केमिकल हाली हानीकारक एवं प्रदुशीत दहिलाई जुजु धौंको नाम दिएर चौधरी ग्रुपले खुलेयाम विक्री गरि रहेको छ । यसरी नक्कली जुजु धौ बजारमा आएपछि यसको विषयमा चौधरी ग्रुप संग बुझन खोज्दा उनीहरु सम्पर्कमा नै नाएको भक्तपुरका दहि ब्यवसायी वताउँछन् ।