रुदी खोलाको पुल भाँचिएर बस खोलामा खस्यो, २५ घाइते

446

पोखरा । कास्कीको मादी गाउँपालिका–९ र लमजुङको मध्यनेपाल नगरपालिका–८ जोड्ने रुदी खोलाको पुल आज भाँचिएपछि बस दुर्घटना हुँदा २५ भन्दा बढी यात्रु घाइते भएको र एक जना खोलाले बगाएर बेपत्ता भएका छन् ।

अपराह्न कास्कीको लेखनाथ हुँदै लमजुङको लासोथार गाउँपालिकाको बालुवाबेँसी जाँदै गरेको ना ५ ख ६३९५ नंको बस रुदी खोलाको पुलको जिप भाँचिएपछि दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए ।

घटनालगत्तै प्रहरी टोलीले घटनास्थल पुगी उद्धार एवं थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए । दुर्घटनामा  दुई जना चेपिएको अवस्थामा देखिएकाले उद्धारको प्रयास गरिएको मादी गाउँपालिकाका प्रमुख श्याम गुरुङले जानकारी दिए  । उनकाअनुसार बसमा यात्रारत अन्य २५  यात्रुको भोर्लेटारमा उपचार भइरहेको छ ।