१०८ फिट अग्लो महादेव मुर्तिको शिलान्यास

2680

भक्तपुर । भक्तपुर जिल्लाको साविक सुडाल गा.वि.स. हाल चाँगुनारायण नगरपालिका वडा नं. ८ र काभ्रे जिल्लाको साविक टुकुचा गा.वि.स. हाल वनेपा नगरपालिका वडा नं. १ को दोसाँधमा १०८ फिट अग्लो शिव मुर्ति शिलान्यास भएको छ ।

नाग पञ्चमीको अवसरमा आज १०८ फिट अग्लो महादेव विराजमान हुनुभएको मुर्तिको शिलान्यस नेपाली कांँग्रेसका वरिष्ठ नेता एवं पुर्वउपप्रधान मन्त्री प्रकाशमान सिंह र शिवतान्त्रिक गुरु बुद्धि कुमार खड्गीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै प्रकाशमान सिंहले स्थानीय स्तरको विकासका लागि समुदायको सहभागिता अपरीहार्य रहेको बताउनुभयो । धार्मीक क्षेत्रको विकास समग्र विकासको आधार भएको बताउँदै नेता सिंहले महादेव मुर्तिको शिलान्यसले कलमसी क्षेत्र विश्वमै नमुना क्षेत्र हुने बताउनुभयो ।

पुर्व राज्य मन्त्री एवं नेपाली काँग्रेस सभासद कन्चनचन्द्र बादे, पूर्व स्वास्थ्य राज्य मन्त्री तारामान गुरुङ, सभासद रामेश्वर प्रसाद ढुंगेल, चाँगुनारायण नगरपालिका वडा नं ८ का वडा अध्यक्ष परासर सापकोटा, बनेपा नगरपालिका वडा नं. १ का अध्यक्ष पिताम्बर दुलाललगाएतका बक्ताले १०८ फिट अग्लो महादेव मुर्तिको स्थापनाले ग्रामीण क्षेत्रमा धार्मीक पर्यटनको विकासका साथै यस क्षेत्रको विकासमा पनि टेवा पुग्ने वताउनुभएको थियो ।

मन्दिर शिलान्यासका क्रममा हेलीकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।
भक्तपुर तथा काभ्रेको दोसाँधमा निमार्णाधिन शिव मुर्ती निर्माणमा २१ करोड रुपैयाँको लागत लाग्ने कलमसी कल्पेश्वर महादेव तथा कालिका देवी मन्दिर संरक्षण समाजले अनुमान गरेको छ । उक्त रकम शिवतान्त्रिक बुद्धि कुमार खड्गी गुरुले संकलन गरेको भेटी र स्थानीयहरुको सहयोगमा मन्दिर निर्माण हुनेछ ।

जमीनबाट ४० फिट गहिराई र जमिन सतहबाट १०८ फिट अग्लो ध्यान मुद्रामा आसिन कल्पेश्वर महादेव मुर्ति स्थापनागर्न लागिएको हो ।

कल्पेश्वर महादेव मुर्तिस्थापनाको लागि कलमसीको ८२ रोपनी खुल्ला चरणक्षेत्र कालिकाकल्पेश्वर महादेव मन्दीरको नाउँमा केहीवर्षअघि भोगाधिकार आइसकेको छ ।