चैनपुर विमानस्थलको निर्माण कार्य सम्पन्न, परीक्षण उडानको तयारी

111

बझाङ । वर्षौदेखी बन्द अवस्थामा रहेको चैनपुर विमानस्थलको निर्माण कार्य सम्पन्न भएको छ ।
बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर विमानस्थलको निर्माण कार्य पूरा भएको हो ।

अर्को साता परीक्षण उडान गरी दशैँमा उडान भर्न मिल्ने गरी हस्तान्तरणको तयारी भइरहेको छ ।

विमानस्थलको कालोपत्रे गरेर वरिपरि घेरबार लगाउने काम र नाली निर्माणको काम पूरा भएको हो । विमानस्थल सञ्चालन गर्न पटक–पटक स्थानीय बासिन्दाले दबाब दिँदै आएका थिए ।