भन्सारमा थुप्रिएका २४ सय बढी गाडीको जाँचपास भएन

111

काठमाडौं । लामो समयदेखी भन्सारमा थुप्रिएका २४ सय बढी गाडीको जाँचपास भएको छैन ।
बिक्रीका लागि ल्याएका २४ सय २० वटा गाडी लामो समयदेखी भन्सारमा नै थुप्रिएका हुन् ।
व्यवसायीहरूले बिक्रीका लागि गाडी आयात हुने तीन प्रमुख नाका विरगञ्ज, भैरहवा र सुख्खा बन्दरगाह पर्सामा लकडाउन अघिदेखिका गाडी रहेको भन्सार कार्यालयहरूले जानकारी दिएका छन् ।

भैरहवा भन्सार कार्यालया १५ सय गाडी अड्किएको छ भने विरगञ्जमा ७७० र सुख्खा बन्दरगाह पर्सामा १५० वटा गाडी भन्सार याडमा जाँचपास नगरी राखिएको हो । लकडाउन अघिदेखि भन्सार याडमा रहेका गाडी विस्तारै व्यवसायीहरू छुटाउने क्रम बढेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
गाडी जाँचपास पछि लाग्ने राजस्व तिर्न गाडी बिक्री गर्दै आएका व्यवसायीले बैंकबाट कर्जा लिने गर्छन । कर्जा लिएको दिनदेखि ब्याज गणना हुन थाल्छ । सो कारण पनि व्यवसायीले यो अवधिमा गाडीको नबिक्ने भएका कारण नभित्र्याएको हुन सक्ने अनुमान गरीएको छ