चाँगुनारायण । समाजवाद अध्ययन केन्द्रले युवा नेतृत्व बिकासमा समाजबाद विषयका नेतृत्व विकास तालिमा ओजना गर्ने भएको छ ।
केन्द्रले आठारौं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा समाजवादको विकासमा युवा भुमिका विषयक एक दिने तालिम आयोजना गर्न लागेको हो ।
उक्त तालिममा समाजवादको विकासमा युवा भुमिका के रहने भन्ने विषयमा प्रकास पारिने केन्द्रका अध्यक्ष दुर्गा फुयालले वताउनुभयो ।
उहाँका अनुसार कार्यक्रममा प्रमुख अतिथी प्रदिप गिरि समाजबादि चिन्तक नेपाली कांग्रेस का नेता , साथमा प्रदिप पौडेल पनि केन्द्रिय सदस्य , प्रशिक्षक डाक्टर नारायण नर सिंह के सि , उत्तर चापागाई र बिष्णु बस्याल रहेने छन् ।यस्तै विशेष अतिथी काभ्रेका मधु आचार्य र भक्तपुर जिल्ला सभापती दुर्लभ थापा रहने छन् ।
समाजवाद निर्माण गर्नु सवै युवाको चाहना मुताविक अव समाजवादको निर्माणकालागि युवाको भुमिका के त भन्ने विषयमा कार्यक्रम आयोजना गर्न लागिएको केन्द्रका अध्यक्ष दुर्गा फुयालले वताउनुभयो ।
कार्यक्रम चाँगुनारायण नगरपालिका वडा नम्वर ८ रत्नागिरी रिसोर्ट कलमसिमा श्रवण २८ गते विहान ११ बजेदेखि हुने छ । कार्यक्रममा जिल्ला भरवाट १५० जनाको सहभागिता हुने अध्यक्ष फुयालले जानकारी दिनुभयो ।