भक्तपुरमा ट्रायल सेन्टर नहँदा सेवा ग्राहि मर्कामा

भक्तपुर । यातायात ब्यवस्था विभागले आफ्नो सेवा विस्तार भक्तपुरमा गरेपनि ट्रयल सेन्टर भने हाल सम्म ब्यवस्था गर्न नसक्दा सेवा ग्राहि मर्कमा परेका छन् ।...

नेपालको आर्थिक रुपान्तरण हासिल गर्न लघु घरेलु तथा साना उद्योगको विकासमा जोड

  काठमाडौं । नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको सरोकारवालाहरुले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको राजधानीमा आयोजित २८ औं वार्षिकोत्सव समारोहमा उनीहरुले संख्यात्मक हिसाबले पनि कम हँुदै गइरहेका लघु घरेलु तथा साना उद्योगको विकासको पहिलो रअनिवार्य शर्त भनेको नीतिगत स्पष्टता भएकोमा जोड दिएका छन् । नीति निर्माण एक जीवन्त प्रक्रिया भएको भन्दै महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले समयक्रममा विकास हुने जटिल अर्थ राजनीतिक परिवेश अनुरुप लघु घरेलु तथा साना उद्योग सम्बन्धि नीतिहरु थप प्रष्टएवम नियमित रुपमा परिमार्जित भई कार्यान्वयनमा आएमा मात्रै यस्ता उद्योगहरु आर्थिक रुपान्तरणको संवाहक हुन सक्ने बताउनुभयो । लघु घरेलु तथा साना उद्योगको विकास मार्फत नेपालको आर्थिक रुपान्तरण हासिल गर्न सकिने भन्दै उहाँले नेपालमा यस्ता उद्योगहरूलाई प्रविधि प्रयोग र क्षमताका हिसाबले प्रतिस्पर्धी, पुस्ता हस्तान्तरण र युवावैज्ञानिक र अनुसन्धानकर्ताहरुका विभिन्न किसिमका प्रविधि तथा उपकरणहरुको आविष्कार,  खोज, अनुसन्धान र आविष्कारहरुलाई उद्योग विकाससँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो । मुलुकभर रहेका लघु घरेलु तथा साना उद्योगीहरुको छाता संगठन महासंघ यस्ता उद्योगहरुको हक र हितको संरक्षण र सम्बद्र्धन गर्दै यस क्षेत्रको विकास र प्रवद्र्धन मार्फत मुलुकलाई औद्योकिरणतर्फ उन्मूखगराउने उद्देश्यका साथ २०४७ सालमा स्थापना भई मुलुकभर सञ्जाल विस्तार गरिसकेको उहाँले बताउनुभयो । यसका अलावा ५८ जिल्लामा जिल्ला महिला उद्यमी समितिको विस्तार भई ११ हजारभन्दा बढी महिला उद्यमीहरु सदस्य रहेको केन्द्रीय महिला उद्यमी समिति पनि महासंघमा क्रियाशील हेको उहाँले जानकारीदिनुभयो । झण्डै ३५ हजार उद्यमी साधारण सदस्य रहेको यस महासंघ अन्तर्गत २० वटा वस्तुगत संघहरु संस्थागत सदस्यको रुपमा महासंघमा आबद्ध छन् । विभिन्न उद्योग प्रतिष्ठानहरु यस महासंघकाएसोसियट र सहकारी मार्फत संचालित उद्योगहरु महासंघ अन्तरगत सदस्य रहेका छन् । औद्योगिक नीति २०६७ ले लघु, घरेलु तथा साना उद्यमीहरुको छांता संस्थाको रुपमा स्वीकार गरेको  महासंघले लघु, घरेलुतथा साना उद्योगको विकास, विस्तार र प्रबद्र्धनका लागि नेपाल सरकारसँग सहकार्य गर्दै आईरहेको अध्यक्ष गिरीले बताउनुभयो । लघु, घरेलु तथा साना उद्योगहरुबाट उत्पादित वस्तुहरु गुणस्तरीय र निर्यातयोग्य हुँदाहुँदै पनि सूचना र बजार पहिचानको अभावमा निर्यात हुन नसकिरहेकोले गुणस्तरीय बस्तुहरुको निर्यात बृद्धि गर्न सार्वजनिकनीजि साझेदारी अवधारणा अनुरुप राष्ट्रियस्तरको एउटा निर्यात गृहको स्थापनाका लागि  सरकारले आवश्यक स्थान तथा बजेटको व्यवस्था गरिदिनुपर्ने उहाँको भनाई थियो । रुग्ण लघु, घरेलु तथा साना उद्योग क्षेत्रको उत्थान गर्नस्पष्ट कार्यविधि र संरचनागत व्यवस्थाका साथ रुग्ण उद्योग पुर्नस्थापना कार्यक्रम कार्यान्वयनमा ल्याइनुपर्ने अध्यक्ष गिरीले बताउनुभयो । देशका कुनाकुनामा छरिएर रहेका र सानो पूँजीबाट सञ्चालन हुने लघु, घरेलु तथा साना उद्योगले आफ्नै लगानीमा महँगा विज्ञापन गर्न नसक्ने तथ्यलाई हृदयंगम गरि महासंघले जिल्लास्तरीय, क्षेत्रीयस्तर र केन्द्रस्तरकाऔद्योगिक प्रदर्शनीहरु गर्दै आएको जानकारी दिंदै उहाँले विभिन्न निकायहरुको सहयोगमा दुर्गम भेगका उद्यमीहरुलाई खर्च समेत उपलब्ध गराई औद्योगिक प्रदर्शनीहरुमा महासंघले सहभागी गराउँदै उनीहरुबाटउत्पादित वस्तुहरुको सामूहिक प्रचारप्रसार गराउने कार्य गर्दै आएको बताउनुभयो । महासंघ सल्लाहकार समितिका सभापति वासुदेव गिरीले लघु घरेलु तथा साना उद्येगहरुको विकासको पहिलो पाटो भनेको लगानी भएको भन्दै वित्तीय संघ संस्था, लघु वित्त, सरकारी आदि जस्ता वित्तीय कारोबारगर्ने संघ संस्था धेरै छन तर तिनीहरूको ध्यान यस्ता उद्योगहरूमा जान नसकेको गुनासो गर्नुभयो । राष्ट्रको स्पष्ट लगानी नीति नहुनु, राजनीतिक दलहरूको आर्थिक सम्बद्धिका लागि लगानीको स्पष्ट खाका नहुनु विडम्बना भएको भन्दै उहाँले भन्नुभयो –‘जबसम्म समग्र मुलुकको आर्थिक क्षेत्रलाई अभिबृद्धि गर्नेसवालमा सबै राजनीतिक दल एवम सरोकावालाको साझा राष्ट्रको औद्योगिक नीति, लगानी नीति बन्दैन तबसम्म आर्थिक रुपान्तरण भन्ने कुरा कुरामै सीमित रहन्छ ।’ कृषिजन्य उद्योगको विकास हुन नसक्दा भारतबाट ल्याइएको चामल प्याकिङ गरेर खाइरहेको अवस्था रहेका भन्दै उहाँले हजारौं लघु तथा साना उद्योगहरू अहिले बन्द भएको बताउनुभयो । बिहीबारदेखि २७ वर्ष पूरा गरी २८ औं वर्षमा प्रवेश गरेको महासंघले वार्षिकोत्सवकै अवसरमा ‘उत्पादनमूलक लघु, घरेलु तथा साना उद्योग सम्बन्धी नियामक व्यवस्था र नीतिगत सुधारका आवश्यकताहरु’ विषयकअन्तरक्रिया कार्यक्रम पनि आयोजना गरेको थियो

‘स्थानीय तह प्रतिनिधिसँग अभिमुखीकरण’

स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिसँग अधिकार, वित्तिय व्यवस्थापन र स्रोत परिचालनबारे विद्यमान अन्योल हटाउन अभिमुखीकरण कार्यक्रमको संचालन गर्न लागिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका...

भूमिसुधार कार्यालयका नासु २० हजार घुससहित पक्राउ

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले तीन दिनमा तीनजना कर्मचारीलाई सवा ५ लाखबढी घुससहित नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ । जिल्ला मालपोत...

कतार उडान बन्दहँदा नेपाली कामदार अलपत्र

काठमाडौं । साउदी अरेबिया, इजिप्ट, लगायतका देशहरुले कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि त्यसको प्रत्यक्ष असर नेपाल कामदारलाई पर्न थालेको छ । विदेशी भूमीमा काम...

तीन नगरकार्यपालिकामा कार्यपालिका गठित

भक्तपुर । भक्तपुरका तीन नगरपालिकाले कार्यपालिका गठन गरेका छन् । स्थानिय निकाय अन्तर्गत मध्यपुरथिमि नगर कार्यपालिकामा महिला, दलित वा अल्पसङ्ख्यक आठ जना नै सदस्यमा...

बलात्कारका उजुरी बढेका बढ्यै, के होला कारण ?

उमा केसी रोल्पा– रोल्पामा जबर्जस्ती करणीका उजुरी जिल्ला प्रहरी कार्यालयसम्म आउने क्रम बढेको देखिएको छ । जबर्जस्ती करणीबाट पीडितले खुलेर उजुरी दिन थालेका कारण यसरी उजुरीको...

सर्वोच्चको आदेश एमाले कै पक्षमा : भरतपुरमा पुनः मतदान गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नू

काठमाडौं । निर्वाचन अयोगको निर्णय बिरुद्ध सर्वोच्च अदालतले भरतपुर वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय २८ गतेसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको...

उदयपुर वन कार्यालयका प्रमुखकाे गैरकानुनी धन्दा : ब्यवसायीसंग मिलेर मालामाल बनिने दाउ

उदयपुर । जिल्ला वन कार्यालय उदयपुरका प्रमुखले काठ ब्यवसायीसंगको मिलेमतोमा गैरकानुनी रुपमा रातारात काठ लोड गराई निकासी गर्दै आएको छ । साविक रामपुरठोक्सिला, तपेश्वरी गाबिस...

वडा कार्यालयमा ३ जना गाउँपालिकामा ९, नगरपालिकामा ११ सरकारी कर्मचारी

स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न गठन भएको कार्यदलले आवश्यक पर्ने संख्या र अस्थायी दरबन्दी तय गरेको छ । सरकारले स्थानीय तहको काम कारवाहीका लागि...