CCRC का विद्यार्थीलाई प्राथमिक उपचार अभिमुखीकरण

15

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले CCRC कलेजका विद्यार्थीहरूलाई लक्षित गरी प्राथमिक उपचारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रममा प्राथमिक उपचार प्रशिक्षक दिवाकर पौडेल र ईश्वर श्रेष्ठले सहजीकरण गर्दै आकस्मिक अवस्थामा अपनाउनुपर्ने आधारभूत सीप र उपचारका प्राथमिक तरिका बारे जानकारी गराएका थिए।

अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरूले घाइतेलाई तत्काल सहयोग गर्ने तरिका, रक्तस्राव रोक्ने, होस गुमेको अवस्थामा सुरक्षात्मक उपाय अपनाउने जस्ता व्यावहारिक सीप सिकेका थिए।

रेडकस जिल्ला शाखाले युवाहरूलाई प्राथमिक उपचारसम्बन्धी सचेत बनाउँदै समाजमा ‘पहिलो सहायक’को भूमिका निर्वाह गर्न सक्षम बनाउने लक्ष्य लिएको जनाएको छ।