SEE दिएर बसेका विद्यार्थीहरुलाई खुशिको खबर

447

भक्तपुर । SEE दिएर बसेका विद्यार्थीहरुलाई डस्टिनेशन २०१६ ले यो वर्ष पनि शैक्षिक परार्मश दिने भएको छ ।
प्रवेश परिक्षा समापन संगै परीक्षा दिने प्रत्येक विद्यार्थीहरुलाई एक खालको अन्योल देखापर्छ “ अब कुन विषय लिई उच्च शिक्षा अध्यायन गर्ने ?” यस विच कति विद्यार्थीहरु आफ्नो क्षमता भन्दा बढी आकांक्षा राख्छन् , कति अभिभावक–शिक्षक –साथीभाईको दबाबमा आफ्नो रुचि बाहेकका विषयहरु रोज्छन् , कति त साथीहरुको रोजाई नै आफ्नो रोजाई बनाउँछ । यो सब खालको सोचाइहरुको कारण गर्दा अन्त्त आफु असफल हुन्छ । कतै त्यस्तो अन्योलमा सफलता पाइहाल्यो भने पनि विद्यार्थीहरुलाई आफ्नो गन्तव्य प्रति अन्योल रहिनै रहन्छ ।
यसै यथार्थलाई बुझेर विद्यार्थीहरुलाई प्रवेश परिक्षा पछि उच्च शिक्षा पढ्नका लागि के–कस्ता मार्गहरु छन् भन्ने कुरालाई सहि र उपयोगी तथ्यहरुको जानकारी होस् र त्यसैको आधारमा आफ्नो भबिष्यको गोरेटो खन्न सकुन् भनेर डेस्तिनेश २०१६ ले शैक्षिक परामर्श (मार्ग निर्देशन) कार्यक्रम गर्न लागेको आयोजक समितिका संयोजक सविता त्वानावासु जानकारी दिनु भयो । शैक्षिक मार्ग निर्देशन (Educational counseling) कार्यक्रममा बसिसकेपछि विद्यार्थीहरुले परीक्षापछिको ढोकाहरु स्पस्त हुनेछन् र आफ्नो लक्ष्य चुन्न सक्ने समेत निर्णय गर्ने क्षेमता विद्यार्थीहरुमा हुने कुराको जानकारी आयोजक समितिले दिनु भयो ।
विघत १५ वर्ष देखि SLC/SEEदिएर बसेका विद्यार्थीहरुलाई शौक्षिक परामर्श दिदै आएको डस्टिनेशन २०१६ ले यो वर्षको चैत्र २२ र २३ (शुक्रबार र शनिबार ) ख्वप ईन्जिनियरिङ्ग कलेज ,लिवालीमा विहान ७ बजेदेखि ११ बजे दुई दिन सम्म हुने भएको छ । सो शौक्षिक कार्यक्राममा ईन्जिनियरिङ्ग, नर्सिङ्ग , चिकित्साशास्त्र( डाक्टर) , कृषि विज्ञान , पत्रकारिता ,व्यवस्थापन , मानविकी ,कानुन ,ललित कला , शिक्षा शास्त्र ,अर्थशास्त्र, राजनितिकशास्त्र लगायतका विषयहरुमा परामर्श (counseling) हुने छ ।