अग्रिम टिकटका विषयमा सहमति जुटेन, व्यवसायीले पूरानै शर्तसँगै नयाँ शर्त राखे :: BIZMANDU

257


काठमाडौं।दशैका लागि अग्रिम टिकट बुकिङ अन्यौंलमा परेको छ।

सरकार र यातायात व्यवसायीवीच शुक्रबार भएको छलफल निष्कर्षविहिन भएपछि अग्रिम बुकिङ अन्योलमा परेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अर्को बैठक बसेर टुंगो लगाउने निर्णय भएको जानकारी दिए। ‘हामीले आफ्ना माग सरकारसँग राख्यौं।उहाँहरुले हामीले राखेका मागका बारेमा अर्को बैठकमा टुंगो लगाउने जानकारी दिनुभयो,’उनले भने।

यातायात व्यवस्था विभाग र व्यवसायीबीच असोज ५ गतेबाट अग्रिम बुकिङ खोल्ने सहमति भएको थियो। तर आयल निगमले पेट्रोलियम पदार्थको मुल्यबृद्धि गरेपछि विज्ञप्ती निकाल्दै ४८ घण्टाभित्र मुल्यवृद्धि फिर्ता नलिए बुकिङ नखोल्ने अडान लिएका थिए।

व्यवसायीहरु सरकारकासँग पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता, रोक्का भएको खाता फुकुवा, भाडा समायोजनको शर्त राखेका छन्।समितिहरुको खाता रोकिएका कारण कर्मचारीलार्इ तलव खुवाउन नसकिएको,घाइतेको उपचार गर्न नसकिएको भन्दै बैक खाता खोलिदिन माग गरेका छन्।




अग्रिम टिकटका विषयमा सहमति जुटेन, व्यवसायीले पूरानै शर्तसँगै नयाँ शर्त राखे को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link