आठौं किकम्पा होलि डे क्याम्प सम्पन

362

भक्तपुर । किकम्पा साँस्कृतिक प्रतिष्ठानको आयोजित आठौं किकम्पा होलि डे क्याम्प २०७५ सम्पन भयो ।

२०७५ चैत्र २२ देखि २६ सम्म भएको क्याम्पमा विभिन्न विद्यालयका ३५ जना ६ देखि १२ बर्ष सम्मका भाई वहिनीहरुको सहभागिता रहेको उक्त क्याम्पमा भाई वहिनीहरुलाई नृत्य ,गायन ,हस्तकला ,परियति शिक्षा विभिन्न खेलहरु तथा उद्घोषण कलाको प्रशिक्षण दिएको थियो ।

अम्तिम परिक्षा दिई विदामा बसेका विद्यार्थीहरुलाई लक्षित गरि उक्त क्याम्प संचालन गरेको संयोजक उत्तम मानान्धरले बताउनु भयो ।

सो अवसरमा किकम्पा सास्कृतिक प्रतिष्ठानका अध्यक्ष श्री देवचन्द्र बज्राचार्यले किकम्पा साँस्कृतिक प्रतिष्ठानले स्थापना काल देखि विभिन्न क्रियाकलाप संचालन गर्दै आईरहेको जानकारी गराउँदे किकम्पा होलि डे क्याम्प पनि त्यसैको शिल शिला भएको जानकारी गराउनु भयो ।

विगत ८ बर्षदेखि अभिभावकहरुको माया तथा ममताले नै निरन्तर यो क्याम्प सचालन भएको जानकारी गराउनु भयो ।

त्यसैगरी किकम्पा मन्टेशरी ईन्टरनेशनलका प्रवन्धक निर्देश कश्री अच्यृत प्रजापतिले किकम्पा होलि डे क्याम्पको अवधारणाले नै अहिले किकम्पा मन्टेशरी संचालन गरेको वताउनु भयो ।

आजकल अभिभावकहरु धेरै व्यस्तहुने र अम्तिम परिक्षा सकाई घरमा बसि रहन्दा आफ्ना बच्चाहरु मोवाईल तथा टिभीमा झुमी रहने हुँदा ती क्रियाकलापहरुबाट केहि दिनभए पनि टाढा राख्नुको साथै विदाको समय सदुपयोग होस् भन्ने उद्देश्यले यो क्याम्प निरन्तर संचालन गर्दै आईरहेको जनाकारी सह संयोजक ईन्द्रभक्त पंचले गराउनु भयो ।

सो अवसरमा क्याम्प अवधिभर विभिन्न विधामा विजेता भाई वहिनीहरुलाई किकम्पा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष श्री देवचन्द्र बज्राचाय , उपाध्यक्ष एव किकम्पा मन्टेशरी ईन्टरनेशनलका प्रवन्धक निर्देशक अच्यृत प्रजापति लगाएतले पुरस्कार तथा मायोको चिनो वितरण गर्नुभयो ।