आदिवासी चलचित्र च्यारिटीमै सिमित हुनु दुखदायी

723

भक्तपुर । आदिवासी चलचित्र च्यारिटी मानै सिमित हुनु दुखदायी भएको आदिवासी चलचित्र निर्माण पक्षले जनाएको छ । तामाङ कथानक चलचित्र मायासे लासी ३ को च्यारिटी सो विषयमा भक्तपुरमा भएको पत्रकार सम्मेलनमा चलचित्रका नायक कुमार मात्तानले तामाङले आदिवासी चलचित्र च्यारिटीमा नै सिमित हुनु दुखदायी भएको बताउनुभएको हो ।
उहाँका अनुसार जनजातिका भाषा संस्कृतिका विषयमा सरकारले कुरा गरे पनि उनीहरुको भाषा साहित्य कला कौषलको पर्दशन गर्ने माध्यमका रुपमा रहेको चलचित्र विधालाई हेलाँको दृष्टीकोणले हेर्दा तामाङ लगाएतका आदिवासी चलचित्रहरु केवल च्यारिटीमा नै सिमित भएको बताउनुभएको हो ।
तामाङ कथानक चलचित्र मायासे लासी र मायासे लासी २ को अपार सफलता पछि तामाङ कथानक चलचित्र मायासे लासी ३ पनि माघ २७ गते देखि बजारमा आउने जानकारी दिदै उहाँले यो चलचित्र पनि देश लगाएत विभिन्न मुलुकमा च्यारिटि सो नै गरिने बताउनुभयो ।
मायसे लासी १ र २ भन्दा फरक विषयवस्तुमा निर्माण भएको मायसे लासी ३ वाट १० वर्षे जनयुद्दले जनजातीहरुका माझ भएको उत्पीडन र पारिवारीक समस्या लाई दर्शाउँदै निर्माण भएको चलचित्र निर्माण सहायक गणेश घिसिङले जानकारी दिनुभयो ।


समाजमा भएको उत्पीडन र पारिवारीक समस्यामा नै रहेको उक्त चलचित्र १ र २ भन्दा फरक एवं घर घरको समस्यामा नै आधारीत भएको उहाँले जानकारी दिनुभयो ।
जनयुद्धकालको यथार्थ घटना हिंसाले कहिले कसैको भलो नगर्ने र हिंसाले हिंसाकै बाटो रोजिरहने हिंसालाई मायालेमात्र साम्य पार्न सकिने कुरालाई यस चलचित्रमा प्रष्ट रुपमा प्रस्तुत गर्न खोजिएको निर्माण पक्षले जनाएको छ ।
सक्सेस फिल्मस प्रालिको ब्यानरमा निर्माण एको तामाङ कथानक चलचित्र मायासे लासी ३ मा मुस्कान वाईबाको प्रस्तुती रहको छ भने निर्माता भगवती मोक्तान र सह निर्माता माईली घिसिङ सङ्गै निर्माण सहयोगीमा गणेश लामा रहनु भएको छ । डिबि मोक्तानको पहिलो निर्देशन रहेको यस चलचित्रलाई शंकर महर्जनले द्वन्द निर्देशन गर्नु भएको छ । प्रकाश मोक्तानको कथा तथा पट्कथा रहेकोे यस चलचित्रका कार्यकारी निर्माता भने प्रेम लामा मोक्तान रहनु भएको छ । यस चलचित्रमा केशव अधिकारि, रबि कोइरालाले छायांकन गर्नुभएको हो भने सुनिल मोक्तानको नृत्य निर्देशन रहेको छ ।
चलचित्रमा चार गित समाबेश गरिएको छ ,जसमा कुमार श्याङबाको शब्द रहेको छ भने विशाल काल्तानको संगित तथा सन्तोष लामा जितु लोप्चनको आवज रहेको छ ।
काभ्रे ,सिन्धुली, काठमाडौ लगायत विभिन्न रमणीय स्थलहरुमा शुटिङ भएको यस चलचित्रमा तामाङ चलचित्र जगतका सुपरस्टार नायक कुमार मोक्तान, तामाङ चलचित्र जगतका सफल एवं कुशल नायिका सीता लामा, तामाङ चलचित्र जगतकै चर्चित खलनायक बिकाश श्याङ्तान, अमर लामा माइली घिसिङ, बुद्ध लामा, बिजय लामा, अर्जुन लामा गोकुल लामा लगायत चन्द्र लामालाई यस चलचित्रमा प्रमुख पात्रका रुपमा देख्न सकिने छ ।
सक्सेस फिल्मस प्रालिको ब्यानरमा बनेको यस चलचित्रलाई ह्याङ्ला को म्हेन्दो मिडिया हाउसले सहकार्य गरेको छ यो चलचित्र पनि विगतका चलचित्र जस्तै दर्शकको मन जित्न सफल हुने चलचित्र निर्माण पक्षले अपेक्षा गरेका छन् ।चलचित्र माघ २७ गते काठमाण्डौंको नाचघरमा प्रर्दशनी हुदै छ ।

 

तामाङ कथानक चलचित्र मायासे लासी ३ माघ २७ गते बिशेष च्यारिटी सो हुँदै !