बौद्द । द पल्मा ग्रपको ब्यानरमा बनेको तामाङ चलचित्र आप्लेङ्ग ला नाम्साको बौद्दमा विषेश प्रर्दशनी हुने भएको छ । तामाङ चलचित्र आप्लेङ्ग ला नाम्सा श्रावण १ गते संक्रान्तिको दिन बौद्द स्थित पृथ्वी चलचित्र मन्दिरमा विषेश प्रर्दशनी हुने भएको छ । विशुद्द पारिवारिक कथाबस्तुमा निर्माण भएको उक्त चलचित्रमा प्रमुख भूमिकामा बद्रि थिङ , सन्जु केसी , प्रेम तामाङ, भूईसाल तामाङ , छेम्वेल ह्योलमो, कान्छी माया ह्योलमो लगाएतको प्रमुख भूमिका रहेको छ ।
नितान्त तामाङ र ह्योलमोको पारिवारिक कथामा आधारित रहेको उक्त चलचित्रमा तामाङ अनी ह्योलमो समुदायको रिति रिवाज र संस्कृती एवं परम्पराको प्रस्तुतिकरण गरिएको छ । नेपाली समाजमा विभिन्न जात जाती एवं परम्परा रहेकामा यि दुई समुदायमा ब्याप्त रिति रिवाज तथा संस्कृतिको प्रस्तुतिकरण यस चलचित्रले गर्न खोजेको चलचित्र निर्माण पक्षले जानकारी दिएको छ ।
अहिले सम्म निर्माण हुँदै आएका तामाङ चलचित्र भन्दा भिन्न विषय बस्तु एवं कथाबस्तुमा उक्त चलचित्र निर्माण भएको नायक बद्रि थिङले जानकारी दिनुभयो ।
उक्त चलचित्रमा ४ वटा गित जसमा चारै प्रकारका संगीत दिईएको छ । चलचित्रका कथाकार, गीत , शब्द दोर्जे लामाको रहेको छ भने चलचित्रमा संगीत भने चन्द्र कुमार दोङको रहेको छ । यस्तै चलचित्रमा द्वोन्द राजु किँरातको , निर्देशन , कोरियोग्राफी , सम्पादन भने अजय स्याङतानको रहेको छ । काठमाण्डौं, सिन्दुपाल्चोकको हेलम्वु स्थित सेर्माथान ,तार्केघ्यङ, आमा याङरी, रामेछाप ठुलो सैलुङ लगाएतका स्थिानमा चलचित्रको छायाङकन गरिएको थियो ।
भक्तपुर लगाएत अन्य स्थिानमा पनि विषेश प्रस्तुतीको तयारीमा रहेको चलचित्रका नायक बद्रि थिङले जानकारी दिनुभयो । उहाँका अनुसार श्रावणे संक्रान्तिका दिन साँझ ४ बजे उक्त चलचित्रको विषेश प्रर्दशनी गरिने छ ।







































