
काठमाडौं।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार रातीदेखि लागु हुने गरि पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ र ३ रुपैयाँ बढाएको हो।
यो मूल्य बढेपछि पेट्रोल १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ।इण्डियन आयल कर्पोरेशन(आइओसी)ले पठाएको नयाँ मूल्य अनुसार निगमको घाटा १ अर्ब ३ करोड रुपैयाँ पुगेपछि निगमले मूल्य बढाएको हो।आइओसीले पठाएको नयाँ मूल्य अनुसार निगमलार्इ पेट्रोलमा ४ रुपैयाँ ४४ पैसा र डिजलमा ५ रुपैयाँ १२ पैसा नोक्सानी थियो। मूल्य बढाएपछि पनि पेट्रोलमा २ रुपैयाँ ९२ पैसा र डिजलमा २ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।
निगमका अनुसार मूल्य बढाएपछि पनि निगमको नोक्सानी मासिक ६३ करोड ६४ लाख रुपैयाँको हाराहारीमा हुने अनुमान छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र डलरको भाउ बढेकोले मूल्य आकासिएको हो।निगमका अनुसार अहिले भने भारतमा भन्दा नेपालमा डिजल र पेट्रोलको मूल्य लिटरमै ३१ रुपैयाँ सस्तो छ।नेपालमा सस्तो भएकाले नेपालबाट भारततर्फ तेलको अवैध रुपमा निकासी भइरहेको छ।भारतबाट किनेर ल्याएको तेल पेट्रोल पम्पमार्फतनै भारत बिक्री भइरहेको थियो।
आयल निगमले फेरी तेलको मूल्य बढायो, पेट्रोल २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ३ रुपैयाँ बढ्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।









































.gif)

