भक्तपुर । नेपाल तरुण दलको आयोजनामा भक्तपुरमा इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा मैनबत्ती प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।
नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिका सभापति एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापाको उपस्थितिमा तरुण दलका जिल्ला सभापति एवं केन्द्रीय सदस्य राजु थापा, तरुण दलका केन्द्रीय सदस्य गोपाल पौडेल धर्मराज थापा लगायत तरुण दलका विभिन्न इकाई का सदस्यहरू तथा नेपाली काँग्रेसका नेताहरू, विद्यार्थी नेताहरूको उपस्थितिमा इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा मौन धारण तथा उनीहरूको सम्झनामा मैन बत्ती बाली श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
श्रद्धाञ्जलीमा मृतक नेपाली तथा युद्धमा फसेका हरेक नेपालीलाई नेपाल फकाउन सरकारले छिटो भन्दा छिटो कदम चाल्नु पर्नेमा सबैले जोड दिएका थिए ।








































