इजिपायोनियर स्काउटको समर क्याम्प सम्पन्न

333

भक्तपुर । इजिपायोनियर स्कुल इटाछेंको रजतमहोत्सवको अवसरमा सो विद्यालयले आयोजना गरेको ३ रात ४ दिने ‘समर (ग्रीस्मकालिन) स्काउट क्याम्प २०७५’भव्यरुपमा सम्पन्नभएको छ ।भक्तपुर जिल्ला स्काउट अन्र्तगत सो ग्रुप सञ्चालित छ ।
इजि स्काउट ग्रुपमा आवद्ध कव÷ब्राउनी, स्काउट तथा रोभर÷रेन्जर गरी तीनैवटा तहका ५०स्काउट तथाकाभ्रे पनौतिका ५० स्काउटलाई सहभागी गराई सो क्याम्पआयोजनागरिएको इजि स्काउट ग्रुपकाअध्यक्षतथाइजिपायोनियर स्कुलका संस्थापकप्रिन्सिपलविजेन्द्र ध्वँजुले बताउनुभयो ।
संस्थापकप्रिन्सिपलध्वँजुकाअनुसार विद्यालयको स्थापनाको २५ औं वर्ष अर्थात रजतमहोत्स्वको अवसर पारेर यसैवर्षदेखि तीनै तहका स्काउटलाई सहभागी गराई ग्रीस्मकालिन स्काउट क्याम्पआयोजनागरिएको हो ।


सो क्याम्प साना स्काउटहरु कव÷ब्राउनीकालागि एकरात २ दिन, स्काउटहरुका लागिदुईरात ३ दिन र रोभर रेन्जरकालागितीनरात ४दिनआयोजनागरिएको थियो ।
‘स्काउटिंगको माध्यमबाट शीपविकास’नारा रहेको सो क्याम्पभक्तपुर जिल्लामै पहिलोपटक साना स्काउट (कव÷ब्राउनी), विद्यार्थी स्काउट तथायुवा स्काउट (रोभर÷रेन्जर)हरुलाई एकैठाउँमा राखेर क्याम्प सञ्चालनगरिएको क्याम्पचिफतथाविद्यालयकीभाइस प्रिन्सिपल सुचिता सैंजुले बताउनुभयो ।
क्याम्पका सहभागीतीनैवटा तहका स्काउटहरुलाई वरिष्ठ स्काउट गुरु तथा राष्ट्रिय सहायकप्रशिक्षकभुवन चरण श्रेष्ठले विभिन्नविधाकाउत्कृष्ट स्काउट पेट्रोल (समूह) लाई ट्रफि,प्रमाणपत्र र क्याम्पब्याय्ज वितरण गर्नुभयो ।
क्याम्पका सहभागी स्काउटहरुलाई विभिन्नशिपमूलक कृयाकलापका साथै साहसिक, मनोरञ्जनात्मक कृयाकलापआयोजनागरिएको स्काउट गुरु उमेशलाल नेपालीले बताउनुभयो । स्काउट गुरु नेपालीकाअनुसार जिपलाइनिंग, कमाण्डो ब्रिज, राफ्टिंग, वाक अन रोप, हिट त टार्गेट, ट्यालेन्ट हन्ट, कुकिंगलगायत २० भन्दा बढी साहसिक र शीपमूलक कृयाकलाप समावेश गरिएको थियो ।