उपचार शुल्क सार्वजनिक गर्न स्वास्थ्य संस्थालाई सरकारको निर्देशन

284

काठमाडौं ।
नीजि अस्पतालहरुले उपचारको नाउँमा सर्वसाधारणसंग चर्काे उपचार शुल्क लिएको गुनासो बढेपछि स्वास्थ्य मन्त्रालयले मुलुकभरी नीजि क्षेत्रबाट सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाहरुद्वारा लिँदै आएको उपचार शुल्क २७ फागुनसम्म सार्वजनिक गर्न निर्देशन दिएको छ ।

मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा.भोलाराम श्रेष्ठको संयोजकत्वमा गठित समितिले केहीदिन अघि सबै नीजि स्वास्थ्य संस्थाहरुलाई सो निर्देशन दिएको थियो ।

मत्रालयको निर्देशनपछि नीजि अस्पताल तथा स्वास्थय संस्थाहरुको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट (अफिन) को केन्द्रीय कार्यसमितिले सम्वन्धित सबै सदस्यलाई २७ फागुनभित्र आआफ्नो संस्थाले लिँदै आएको उपचार शुल्क वेभसाइटमार्फत सार्वजनिक गर्न आग्रह गरेको छ ।