एक दुई जना नेता शहिद नभए सम्म देशमा हिन्दु राज्य आउँदैन

679

भक्तपुर । कृष्ण प्रणामी धर्म नेपालका ज्ञण्ड गाधिपति श्री श्री श्री अमृत राज माहाराजले नेपालमा एक दुई जना नेता नै शहिद नभएसम्म देश सनातन धर्ममा नफर्कने बताउनुभएको छ ।

राप्रपा भक्तपुरले आयोजना गरेको सनातन हिन्दुराष्ट्र पुनःस्थापना जनजागरण सभालाई सम्वोधन गर्दै उहाँले अव देशमा नेता नै शहिद नभएसम्म कुनै पनि हातलतमा परिर्वतन नआउने बताउनुभएको हो ।
उहाँले देश गलत बाटोमा लागि सकेको बताउँदै हाल विदेशी विखण्डनकारीहरु जो सनातन धर्मका नै कुनै अंग हुन् उनीहरुले सनातनी धर्म मास्न खोज्ने र सरकार यसमा सगाउने यो जति लाजमर्दो केहि नभएको बताउनुभएको थियो ।
उहाँले हामी नेपाली एक जुट हुन् नसक्दा हाम्रो धर्म संस्कृति अनी परम्परामाथी हमला भएको समेत बताउनुभयो । अव पनि हामी एक जुट हुन् नसक्ने हो भने हाम्रो अस्तित्व नै धरापमा पर्ने बताउँदै उहाँले अव पार्टी हैन पार्टी भन्दा माथी देशलाई सोचर अगाडी बढन आग्रह समेत गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा नेपाल सनातन धर्म संस्कृतिक संगठनका अध्यक्ष पुष्पराज पुरुषले अव पनि हामी एक हुन् नसके हाम्रो धर्म संस्कृति अनी परम्परा मेटिने बताउनुभयो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली जनता सोझा भएकाले आज सम्म सवैले हाम्रो धर्म परम्परामा सहजै हमला गरेको बताउँदै अव हामी एक भएर देशलाई पुन हिन्दु राज्यमै तक्दील गर्न लागि पर्नु पर्ने दिन आएको बताउनुभयो ।
कार्यक्रममा नेत्री यवती कार्की , प्रविण ढुंगेल, सवर्णेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष मुकुन्द लुईटेल, ओम शान्तिका रुपा चौलागाई लगायतका महानुभावको उपस्थिती रहेको थियो । कार्यक्रमको समाभतित्व भने युवा नेता बाबु थापाले गर्नुभएको थियो । कार्यक्रम संचालन भने राप्रपाका युवा नेता एवं मेचि महाकाली अभियानका अभियन्ता मधाब खत्रीले गर्नुभएको थियो ।