एसओएस बालग्रामको २६ औं साधारणसभा

612

भक्तपुर । अभिभावक वीहिन वालवालिकाको लागि ‘मायालु घर’को रुपमा परिचित विश्वव्यापी संस्था एसओएस वालग्राम नेपालको २६ औं साधारण सभा सम्पन्न भयो । वालग्राम २०३१ सालमा स्थापना भएको हो ।
एसओएस वालग्राम नेपालका राष्ट्रिय अध्यक्ष प्रा.डा.ज्योतिरत्न धाख्वाको अध्यक्षतामा सम्पन्न साधारणसभाले सन् २०१७÷०१८ को कार्यक्रम र बजेट पारित गर्नुका साथै सन् २०१८÷०१९ मा गरिने योजना र अनुमानित बजेटबारे छलफल गरेकोे थियो ।
साधारण सभामा एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्माले वालग्रामको स्थापनाकालदेखि हालसम्म तथा गत आर्थिक वर्षमा भए गरेका कामबारे जानकारी गराएका थिए भने पुर्व राष्ट्रिय निर्देशक श्रीशंकर प्रधानांगले २०७२ बैशाखको भूकम्पपछि एसओएस वालग्राम नेपालले शुरु गरेको आकस्मिक सहायता कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा एसओएस अन्तराष्ट्रियका प्रतिनिधि रजनिश जैन, एसओएस वालग्राम नेपालका कोषाध्यक्ष इश्वर कार्कीलगायतले बोलेका थिए ।
साधारण सभाले समाजमा आआफ्नो क्षेत्रमा विशिष्ट योगदान गरेका विभिन्न ८ जनालाई एसओएस वालग्राम नेपालको साधारणसभा सदस्यको रुपमा मनोनित गरेको छ ।
यसरी साधारण सदस्यमा मनोनित हुनेहरुमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला, प्रा.डा.बासुदेव काफ्ले, सोम पनेरु, आभा शाह थापा, बासुदेव न्यौपाने, करण वैद्य, प्रदिपमान वैद्य र मिरा ज्योति छन ।