करियरका सबै विद्यार्थीलाई दहिचिउरा

748

काठमाडौं ।
नेपालको महत्वपूर्ण खाद्यान्नवाली ‘धान’ रोप्ने दिन १५ असार अर्थात राष्ट्रिय धान दिवसको अवसरमा पेप्सीकोला टाउनप्लानिंगस्थित करियर विल्डिंग इन्टरनेशनल एकेडेमीका करीव ९ सय विद्यार्थीलाई दहि चिउरा खुवाइएको छ ।
विद्यार्थीहरुको पहिलो त्रैमासिक परिक्षा शुरु भएका कारण उनीहरुलाई धान रोपाइमा सहभागी गराउन नसकेतापनि धान रोपेछि भोजको रुपमा खुवाइने परम्परागत नेपाली खाजा दहि चिउरा खुवाइएको विद्यालयका प्रिन्सिपल हेम राईले बताउनुभयो ।
यसअघि कक्षाकोठामा पानीवाहेक केहीपनि खान नपाउने नियम मान्दै आएका विद्यार्थी असार १५ को दिनमा कक्षाकोठामै बसेर दहि चिउरा खान पाउँदा भने निकै दंग देखिन्थे ।
त्यति धेरै विद्यार्थीलाई एकैचोटी विद्यालय प्रांगणमा भेला गराई दहिचिउरा खुवाउन वर्षातले अवरोध गरेकोले उनीहरुलाई सम्वन्धित कक्षा शिक्षकमार्फत कक्षाकोठामै दहि चिउरा खाने व्यवस्थ मिलाइएको विद्यालयका एकेडेमिक हेड दिपेन्द्र श्रेष्ठले बताउनुभयो ।