अतल बन्दरगाहमा जहाज उभिएको बेला
नदीबाट बालुवा हल्लाउँदै जहाज आउने खतरामा छ
पेट्रोल र ग्यासमा समेत पाइपलाईन बन्न सक्छ
किसानको खेतमा बाढिपहिरो पस्दा नियन्त्रणको बजेट खान सक्छ्न
त्यसैले , कलमहरु जागै बस्नु पर्छ !
यहाँ चुचुरोमा घाम उदाउनु
अघिनै बिहानि प्रभाको चिरहरण हुने खतरा छ
यहाँ उन्मादी चक्रब्यु अस्ताउनु अघिनै
जाज्वल्यमान परिवेशको अनार्जव हुनेखतरा छ
त्यसैले, कलमहरु जागै बस्नु पर्छ !
सत्य नीरिह बनेर टुलुटुलु हेरिरहेको बेला
कुटिल पराधिनता भित्रिने खतरा छ
झुट मद्मत्त ताण्डब मच्चाईरहेको बेला
समय लेण्डुपको अदपमा सेरिने खतरा छ
त्यसैले, कलमहरु जागै बस्नु पर्छ !
यहाँ सुकुमबासीको छातिमा डोजर गुडिरहेको बेला
दैलोमा टेकेको पारिलो घाम हराउन पनि सक्छ
यहाँ कमैयाँको गर्धनमा लाठ्ठि नाचिरहेको बेला
ओठमा फुलिरहेको खुसिको पल लुटिन पनि सक्छ
त्यसैले, कलमहरु जागै बस्नु पर्छ !
अतल बन्दरगाहमा जहाज उभिएको बेला
मनोहर चिमाल ओइलाउँन पनि सक्छ
नदि, प्रकृति र गैडा हराउन सक्छन यतिबेला
रिझाउन छिमेकी र बिदेशी उपचारमा जान
त्यसैले, कलमहरु जागै बस्नु पर्छ ,
वर्तमान प्रसव वेदना सुसेलीरहेको बेला
गुणादीमा सुगन्ध दिदै गणतन्त्र र विधि सलबलाउँदै गर्दा
अधिनायकवाद मौलाउन र बिधिको शासन हराउन सक्छ
न्यायीक हिरासत हुन्न भन्दै माफिको कानुन बन्न सक्छ
त्यसैले, कलमहरु जागै बस्नु पर्छ !
वार्ता नमान्नेहरु विवादमा जिस्कदै गर्दा
अनुसन्धान रोकि तस्करी बढन सक्छ
अरुलाई कर तिराई नेप्से बदल्नेहरु रमाउन सक्छ्न
कागजी मात्रै कामहरुको लेखापरीक्षणमा हरियो लाग्न सक्छ
त्यसैले , कलमहरु जागै बस्नु पर्छ !
न्यायमा भागबन्डा र नियुक्तिको पत्र दिंदा
सुनुवाइमा संकेतले निर्णय गर्न सक्छ
भुकम्पले थिलथिलाएको बस्तीमा बाढी पस्न सक्छ
घर नहुनेलाई भन्दा हुनेलाई रहात मिल्न सक्छ
त्यसैले , कलमहरु जागै बस्नु पर्छ !

अधुरो पुलको सपनामा अल्झिएको तुइन तर्दा
पुरस्कारको रहर पत्रकारको हुनसक्छ
जन्मकर र मृत्युकर तिर्न नसक्दा भ्रुण हत्या हुन सक्छ
तर पनि नागरिकको हक होइन हाम्रो निगाह भन्न सक्छन
त्यसैले , कलमहरु जागै बस्नु पर्छ !
सिर्जनात्मक उत्प्रेरणा बिमुखको मुखमा पुग्दा
निमोठिन र बढारिन सक्छ्न सिर्जनाहरु
भोटका लागि झुट सपना बाढ्न सक्छ्न
कामहरु भने समाजका नाममा पार्टीको गर्न सक्छ्न
त्यसैले , कलमहरु जागै बस्नु पर्छ !
मापदण्ड नपुगेकोलाई आफ्नो सरकारले झुट गर्ने बेला
अध्ययनमा गएका छोरा, चेलीलाई आरोप लगाउन खोज्लान
न्यायका लागि अनशनरत र आन्दोलनकारिलाई
अपहरण गरि अपराधी बनाउन सक्छ्न
त्यसैले , कलमहरु जागै बस्नु पर्छ !
आफु अन्ध्यारो भए पनि ब्ल्याक बोर्ड ,
उज्यालो घाम दिन्छ नानीहरुलाई ,
तर , यती निकम्मा छ कि डस्टर ,
न आफु लेख्छ , न अरुले लेखेको देखीसहन्छ ।
त्यसैले , कलमहरु जागै बस्नु पर्छ ।
दुर्गाप्रसाद फुयाल
समाजवाद अध्ययन केन्द्र अध्यक्ष भक्तपुर !
Related