भक्तपुर । यतिखेर चर्चाको शिखरमा छिन् करिना शर्मा बयलकोटी।
एकातिर कालाकारिता र अर्को तर्फ गायनको माध्यमबाट। करिनाले पछिल्लो समय लोकप्रिय हास्य टेलिचलचित्र डिठ्ठा साबमा अभिनय गरेर चर्चामा रहेकी छन्।
उनले अरु अभिनय गरेको टेलिचलचित्रहरूमा खुल्ला किताब र दृष्टी हुन्।
उनले ठूलो पर्दाको चलचित्रमा पनि अभिनय गरेकी छन्।उनले अभिनय गरेका चलचित्रहरूमा नैना रेशम सञ्जाल रबिर्खेलाई चिन्छस् हुन्।
अभिनयबाट धेरैले चिन्छन् उनलाई। बाबा,आमाको सपना पनि राम्रो कलाकार बनाउनु थियो। त्यहि सपना साकार बनाउन लागि परेकि छन्।उनलाई अभिनयबाट मात्रै चिन्दैनन्। उनलाई धेरैले गायीकाको रुपमा पनि चिन्दछन्।
उनी गायन क्षेत्रमा पनि छुट्टै पहिचान् बनाउदै छिन्। उनको रेकर्ड भएका गीतहरूमा नेपालकी छोरी हुँ म मेरो पनि जिन्दगीको अधुरो नै कथा छ मेरी दिलमा बस प्रिय उडु उडु तिमीलाई रकिन खेलबाड लाग्छ हुन्। उनका पाँच वटा रेकर्डिङ्ग भएका गीतहरूमा तीनवटा म्यूजिक भिडियो बनिसकेका छन्।
उनलाई गायनकै माध्यमबाट बिदेश भ्रमणको अफरहरू आईरहन्छन्। उनले कार्यक्रम गरेका देशहरूमा दुबई,बहराईन्, कतार र कुबेत रहेका छन्। उनी यतिनै परिश्रमिक तोक्दिनन् आयोजकले दिएकैमा सन्तुष्ट रहेको बताउँछिन्।
उनी गायन क्षेत्रमा पनि स्थापित हुन चाहन्छिन्।त्यसैले संगीत प्रशिक्षण र साधनामा ब्यस्त छिन् अचेल। बाबा र आमा बीच गायिका बनाउने कि नायिका बनाउने भन्ने हानथाप हुने गरेको सम्झदै सात बर्षको उमेरमा कार दुर्घटनामा बाबा आमाको कार दुर्घटनामा मृत्युले बिछिप्त भएको बताउँछिन्।
उनी बाबा आमाको मृत्यु पश्चात् बयलकोटी परिबारले अपनाएर पालन पोषण गरेको बताउँदै जन्म दिने भन्दा कर्म दिने बाबा ,आमा ठूलो रहेको बताउछिन्। उनी शर्मा परिवारमा जन्मे पनि पालन पोषण बयलकोटी परिबारले गरेकोले नाम थर करिना शर्मा बयलकोटी राखेको बताउँछिन्।
उनी आमा बाबाको प्रेम बिबाह घरले अस्वीकारेको सम्झदै एक शताब्दिको चौथाई उमेर पुगिसक्दा पनि प्रेमका बारे अनबिज्ञता प्रकट गर्छिन्। उनी भन्छिन् राम्रो कथा बस्तु भएको चलचित्रमा अफर आए नायिकाको भूमिका निर्बाह गर्न तयार छु।
म्यूजिक भिडियोमा पनि अभिनय गर्दैछु। आफ्नो जीवनमा जस्तै दुःख पीडा आए पनि गायन र कलाकारितालाई एकैसाथ अघि बढाउने करिना बताउँछिन्।
Related