सुदिन दोङ लामा
काठमाडौ । कलेजो पीडित कर्ण बहादुरलाई रोशी गाउँपालिका प्रमुख डिबी मोक्तानले आफ्नो एक महिनाको तलव सहयोग गर्नु भएको छ । काभ्रे नमोबुद्व नगरपालिका वडा ५ डाँडागाउँ निबासी कलेजो पीडित वर्ष ३५ को कर्णबहादुर मोक्तानलाई कलेजो प्रत्यारोपण गर्न सहयोगार्थ आफ्नो एक महिनाको तलव उहाँले प्रदान गर्नु भएको हो । विरामी मोक्तानलाई अस्पतालमा नै गएर उहाँले आफ्नो एक महिनाको तलव बापत आउने रु तीस हजार रुपैंया प्रदान गर्नु भएको हो ।
सहयोग गर्दा कोही पनि सानो नहुने बताउँदै उहाँले अरुलाई पनि सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
साथै हरेक तामाङ चलचित्रमा खलनायकको भुमिका निभाउनु भए त पनि वास्तविक समाजिक जीवनका नायक विकु थोकरले पनि मोक्तानलाई रु ३० हजार रुपैँया सहयोग हस्तान्तरण गर्नु भएको छ ।
विभिन्न कार्यक्रममा सहयोगी मनका साथ अनवरत रुपमा सहयोग गर्नुहुने चर्चित कलाकार विकु थोकरले मोक्तानको कलेजो प्रत्यारोपणका लागि सिभिल हस्पिटलमा नै पुगि पीडितकै हातमा सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । पीडितलाई सहयोग रकम हस्तान्तरण गर्दै उहाँले शु स्वास्थ्य लाभको कामना सहित नआत्तिन आग्रह समेत गर्नुभयो ।
कसैको जीवन रक्षाका लागि एक गेडा अन्न दान गर्नुलाई त पुण्यको काममा गणना गरिन्छ भने मोक्ताना भाई जस्तो पीडितको सहयोग गर्न सके स्वर्ग यही धर्तीमा नै रहेको अनुभुती हुने उहाँहरुको भनाई थियो ।







































