काँग्रेस उम्मेदवार खत्रीको घर नजिक प्रेसर कुकर बम

683

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ७ वागिश्वरीमा प्रेसर कुकर बम विस्पोट भएको जनाईएको छ । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिवन खत्रीको घर नजिक प्रेसर कुकर बम विस्पोट भएको पुस्टि भएको प्रहरीले जनाएको छ ।

प्रेसर कुकरको टुक्राहरु फेला परेका छन् साँझको समय भएका कारण अन्य पनि बम भए नभएको बारेमा भने अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


खत्री भक्तपुर क्षेत्र नम्वर १ प्रदेश १ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रहेका छन् । प्रदेशमा उनी लोकतान्त्रिक गठबन्धनका कारण बलियो उम्मेदवारका रुपमा रहेका छन् । विगतको स्थनिय निकायको निर्वाचनलाई मध्यनजर गर्ने हो भने उनी चाँगुनारायण प्रदेशमा अन्य भन्दा बलिया उम्मेदवार रहेका छन् ।

विरोधीहरुले आफ्नो पक्षमा जनलहर भएका कारण तर्सियर आफ्नो घर नजिक बम विस्पोट गराएको लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिवन खत्रीले बताएका छन् । उनका अनुसार चाँगुनारायण प्रदेशमा आफु बलियो उम्मेदवार भएका कारण आफ्ना समर्थक र छर छिमेकलाई तर्साउन विरोधीहरुले आफ्नो घर नजिक बम विस्पोट गरेको उनले आरोप लगाएका छन् ।
घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।