Home समाचार काँग्रेस उम्मेदवार दमन्नाथ ढुंगाना निवास नजिक बम विस्पोट
भक्तपुर । लोकतान्त्रिक गठबन्धनको प्रतिनिधि सभा भक्तपुर क्षेत्र नम्वर २ का उम्मेदवार दमन्नाथ ढुंगाना निवास नजिक बम विस्पोट गराईएको छ । सूर्यविनायक नगरपालिका २ बालकोट रोज भिलेज नजिक मंगलबार साझ प्रेसर कुकर बम विष्फोट भएको हो ।
नेपाली कांग्रेसबाट भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वसभामुख दमननाथ ढुङ्गाना बस्दै आउनु भएको बालकोटको रोज भिलेजबाट करिब १०० मिटर पर बम विष्फोट भएको हो ।
ढुंगाना निवास नजिक बम विस्पोट गराईएको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिएका छन् ।
भक्तपुरमा यस अधि पनि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गणेसमान चक्रधर र जीवन खत्रीको घर लक्षित गरि बम विस्पोट गराईएको थियो ।
लोकतान्त्रिक पद्दतिमा आउन डराउने तत्वहरुले भक्तपुरमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु लक्षित गरि बम विस्पोट गराउँदै आएको नेपाली काँग्रेसका जिल्ला सदस्य सुसिल बस्नेतले आरोप लगाएका छन् ।
Related