काँग्रेस उम्मेदवारको घर लक्षितगरि वागिश्वरीमा बम बिस्पोट

2471

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ७ वागिश्वरी मा बम विस्पोट भएको छ । नेपाली काँग्रेसका उम्मेदवार जिवन खत्रीको घर नजिक ६ : २० मा बम विस्पोट भएको स्थानिय अषेस लामिछानेले बताए । उनका अनुसार एक्कासी बम विस्पोट भयो ।

पुरै टोल नै त्रसित भएको छ बम विस्पोट भएको केहि नजिक रिमोट पनि भेटिएको उनले जानकारी दिएका छन् ।

बम विस्पोट भएपछि २ वटा मोटरसाईकल भक्तपुर तर्फ भागेको प्रत्यक्ष दर्शिहरुले जनाएका छन् ।
घटना स्थलमा प्रहरी पुगेको छ । घटनाको विषयमा पुर्ण जानकारी आउने भने केहि समय लाग्ने प्रहरीले जनाएको छ ।