कांग्रेसको आधिकारिकता सम्बन्धी निर्णय आजै दिने आयोगको तयारी

0

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा आजै निर्णय दिने तयारी गरेको छ ।

आयोगको बैठक बसेर दुवै पक्षका कागजात अध्ययन गरेको छ । आज रातिसम्म निर्णय गर्नुपर्ने दबाबमा आयोग छ ।

आधिकारिकता नपाउने पक्षलाई दल र चुनाव चिह्न रोज्न समय दिनु पर्ने भएकाले आयोगले चाँडो निर्णय गर्न लागेको हो ।