भक्तपुर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई एक जुट गराउन गुट उपगुटको अन्त्य गर्नु पर्ने बताउनुभएको छ । अव पार्टी पार्टी एकताबद्ध गर्न सवैले पछिल्ला पाठलाई मध्यनजगर गर्दै गुट उपगुटको राजनीति परित्याग गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल सम्वत् ११३९, दिपावली र छठको उपलक्ष्यमा भक्तपुर क्याम्पसमा नेपाली कांग्रेस भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टी भित्र गुट उपगुट र आपसी झगडा नभएका भए विगतको चुनावमा यस्तो अवस्था भोग्नु पर्दैनथियो यसलाई पाठका रुपमा लिएर अवका दिनमा एक हुनु पर्ने उहाँको भनाई थियो ।
कांग्रेस भित्र एकअर्कालाई हराउने खेलबाट पार्टीलाई धेरै ठूलो समस्या भएकोले चुनावमा हार व्यहोर्नु परेकोे उनको भनाई थियो ।
तर पनि कांग्रेस हारबाट निरासा हुने नभई हारलाई पनि जितमा परिणत गरेर पार्टीलाई एकताबद्ध गरेर अगाडि लैजाने सभापति देउवाले प्रतिवद्धता जनाए ।
कांग्रस पार्टी भित्र तलदेखिनै पार्टीलाई एकताबद्ध हुने संस्कार बसाल्नु पर्ने आवश्यक रहेको सभापति देउवाको भनाई थियो ।







































