नेपाललाई मतदाताको प्रश्न ‘जितेर फेरि छोड्ने हो कि ?’
बलराम प्यासी
काठमाडौं । मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परेको काठमाडौं—२ मा २१ मंसीरको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कसले जित्ने हो यतिखेर सबैको खुल्दुलीको विषय बनेको छ ।
एकअर्काका प्रतिष्पर्धि रहेका वाम गठवन्धनका साझा उम्मेदवार पुर्व प्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र निर्वतमान सांसद एवम् लोकतान्त्रिक गठवन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता दिपक प्रसाद कुँईकेलबीच कडा प्रतिष्पर्धा हुन लागेको हो । त्यसो त सो क्षेत्रबाट विवेकशील साझा पार्टीका डा.सुर्यराज आचार्य पनि प्रतिनिधि सभा सदस्यमा उठेका छन् ।
२०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा जितेर पनि काठमाडौं—२ निर्वाचन क्षेत्र छोडेका पुर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई घरदैलो कार्यक्रममा जाँदा अधिकाँश मतदाताले ‘फेरि यो क्षेत्र छोड्ने हो कि’ भनेर प्रश्न तेस्र्याउने गरेका छन् ।
जवाफमा नेता नेपालले यसपटक आफु काठमाडौं—२ बाट मात्रै चुनावमा उठेकोले जितेपछि कुनैपनि हालतमा सो क्षेत्र नछोड्ने आश्वासन दिँदै आएका छन् ।
नेता नेपालले सो ठाउँ छोडेर रौतहटको निर्वाचन क्षेत्रलाई च्यापेका थिए । उनले छोडेको काठमाडौं—२ को उपनिर्वाचनमा मतदाताले एमालेका नेता कृष्णगोपाल श्रेष्ठलाई पराजित गरी नेपाली काँग्रेसका दिपकप्रसाद कुइँकेललाई जिताएका थिए ।
त्यसो त मतदाताले उम्मेदवार नेपालसंग चक्रपथ विस्तारको कार्यलाई छिटै सक्नुपर्ने, मेलम्ची खानेपानीको पाइप विछ्याउने क्रममा खनेको सडक यथाशिघ्र कालोपत्रे गर्नुपर्ने लगायतका माग मतदाताले राखेका छन् ।
यसैगरि मतदाताले मनोहरा र हनुमन्ते नदी किनारको करिडोर निर्माणलाई गति दिनुपर्ने र मध्यपुर ठिमी र नरेफाँट तथा इमाडोल जोड्ने पक्की पुलको माग गर्न पनि भ्याएका छन ।
उम्मेदवार नेपालले सोमबारनै महानगरको ३२ वडास्थित ४ वटा मतदान केन्द्र अन्तर्गत रहेका कोटेश्वर महादेवस्थान, एसओएस, सहयोगी नगर, त्रिदेवीनगर, सुर्यकोट, नरेफाँट, झोलुंगेपुल लगायतका ठाउँमा घरदैलो सम्पन्न गरेको वाम गठवन्धन निर्वाचन परिचालन कमिटिका सहसंयोजक पद्मकुमार रेग्मीले बताए । घरदैलो कार्यक्रममा २ नं क्षेत्रअन्तर्गत (क) प्रदेश सभाका उम्म्ोदवार सानुकुमार श्रेष्ठ पनि सहभागी थिए ।

यसैगरि नेपाली काँग्रेसका नेता एवम् निवर्तमान सांसद दिपकप्रसाद कुइँकेल पनि सोमबार नै महानगरको ३२ नं वडाअन्र्तगतको जडिबुटी, पुरानो सिनामंगल, पेप्सीकोला टाउन प्लानि¨ र ९ नं वडाअन्र्गतको भिमसेनगोला, गौशाला लगायतका क्षेत्रमा घरदैलोमा व्यस्त छन । उनका साथमा सो क्षेत्रका प्रदेश सभाका सदस्य उम्मेदवारद्दोय लोकेश ढकाल र मनहरि खड्का पनि घरदैलोमा व्यस्त रहेका छन ।
निर्वतमान सांसदसमेत रहेका लोकतान्त्रिक गठवन्धनको तर्फबाट काँग्रेसका उम्मेद्धवार दिपकप्रसाद कुइँकेलसंग भने मतदाताले २०७० सालमा चुनाव जितेर गएर गएपछि जनताकहाँ नपुगेको गुनासो गरेका छन् ।
पुर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकास दाहालको आइतबार हृदयघातबाट भएको मृत्युको खबर सुनेपछि लोकतान्त्रिक गठवन्धनको तर्फबाट नेपाली काग्रेसले आइतबारका निर्वाचन प्रचारप्रसार र घरदैलो कार्यक्रम स्थगित गरेको थियो ।
त्यसअघि उम्मेदवारहरु जडिबुटी, नरेफाँट, कोटेश्वरलगायतका ठाउँमा घरदैलोमा व्यस्त रहेको निर्वाचन प्रचारप्रसार समितिका संयोजक एवम् महानगरको ९ र ३२ नं वडा समितिका संयोजक शिक्षित पराजुलीले बताएका छन ।
काठमाडौं महानगरको ९ र ३२ नं वडाको साथै कागेश्वरी मनोहरा नगरपालिकाको ४ देखि ९ नं वडा र शंखरापुर नगरपालिकाको सबै वडाबाट गरि करीव ७७ हजार मतदाताले २१ मंसीरको चुनावमा भोट खसाल्दैछन ।
Related