किशाेरीलार्इ अनैतिक काममा लगाउने रेस्टुरेन्ट सञ्चालक पक्राउ

494

ललितपुर : किशोरीलाई रोजगारीको प्रलोभनमा पारेर  रेस्टुरेन्टमा अनैतिक काममा लगाउने रेस्टुरेन्ट सञ्चालक पक्राउ परेका छन्।

ललितपुर सानेपा रुफटप रेस्टुरेन्ट एण्ड बार सञ्चालक सुजन कार्की र रामचन्द्र कार्कीलाई पक्राउ पक्राउ परेका हुन्।  किशोरीलाई कामको लोभमा शोषण गरेको आरोपमा पक्राउ परेका सञ्चालकमाथि कारवाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

सञ्चालक द्वयले विभिन्न जिल्लाबाट किशोरी ल्याएर रोजगारी दिने भन्दै शोषण गरेको पाइएको परिसरका प्रवक्ता नरेन्द्र चन्दको भनाइ छ।

‘उनीहरुलाई यौन शोषणसमेत गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो’, उनले भने। प्रहरीले उनीहरुविरुद्ध मानव बेचविखनको आरोपमा समेत अनुसन्धान अघि बढाएको छ।

रेस्टुरेन्टबाट चार किशोरी उद्धार गरिएको प्रवक्ता चन्दले जानकारी दिए। परिसरले विशेष सुराकीका आधारमा अनुसन्धान गरेर कारवाही गरेको हो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको चन्दको भनाइ छ।