काठमाडौं : यही अक्टोवर ५ देखि ७ सम्म बुसान अन्तराष्ट्रिय बिच कुराश प्रतियोगितामा सहभागी हुने नेपालका तीन जना कुराश खेलाडी र दुई अफिसिय सहित असोज १७ गते कोरिया प्रस्थान गरेका छन् ।
नेपालका तर्फबाट भक्तपुर कुराश संघ समेतको प्रतिनिधित्व गर्दै जयन्ति श्रेष्ठ, काठमाडौंका दिपक श्रेष्ठ तथा कृति शर्मा सहभागी भएका छन् । त्यसै गरी टेक्निकल अफिसियल रुपमा प्रतिक्षा खनाल र जीवन राई सहभागी भएका छन् । सहभागी मध्ये जयन्ती श्रेष्ठले गत वर्ष तुर्किमिनिष्ठान भएको एसियन विच कुराश प्रतियोगितामा सहभागी भएका थिए भने दिपक श्रेष्ठ इन्डानेशियामा भएको एसियन गेममा सहभागी भएका थिए ।









































