कुलमान घिसिङ काठमाडौं–३ बाट उज्यालो नेपाल पार्टीको उम्मेदवार

0

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने भएका छन्।

केन्द्रीय सदस्य तथा क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक कुमारराज सुवेदीका अनुसार घिसिङ भोलि मध्याह्न जोरपाटी चोकमा जम्मा भई मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा जानेछन्।

चुनावमा सहभागिता जनाउनका लागि घिसिङले पहिले मन्त्री पदबाट राजीनामा दिएका थिए। रास्वपासँगको एकता भाँडिएपछि उनी आफ्नै पार्टीबाट देशभर उम्मेदवार उठाउने तयारीमा हुनुहुन्छ।