कोटेश्वरको जाम ब्यवस्थापन गर्न सुरुङ्ग मार्ग विकल्प हैन : बाटी

419

भक्तपुर । कोटेश्वरको जाम ब्यवस्थापन गर्न सुरुङ्ग मार्ग विकल्प नभएको प्रदेश नम्वर तीन सदस्य सरस्वती बाटी बताउनुहुन्छ ।

भक्तपुरमा आयोजित एक कार्यक्रममा उहाँले भक्तपुर काठमाण्डौं भक्तपुरमा हुने दैनिक जामको ब्यवस्थापन स्वरुप एयरपोर्ट मुनिबाट सुरुङ्ग मार्ग विकल्प नभएको बताउनुभयो ।

सवारी साधन प्रयोग कर्ताले नियमको पालना मात्र गर्ने हो भने १० प्रतिशत जाम कम हुने उहाँको भनाई थियो ।
उपत्यकामा कोटेश्वर मात्र एक स्थानको जाम नभएको उल्लेख गर्दै उहाँले यसको विकल्पको रुपमा सुरुङ्ग मार्ग निर्माण नभई फ्लाई अभोर एवं विधुतिय सवारी साधनमा जोड दिनु पर्ने उहाँको भनाई थियो ।

हाल यदि सावरी साधन चालकले सडक नियम मात्र पालना गरि दिएपनि आधा जामको समाधान हुने उहाँको भनाई थियो ।
उपत्यकाको जनसंख्या हिसावमा भएका निजी सवारी साधनको हिसावले उपत्यकाका सडक कम भई सकेको बताउँदै उहाँले अवको विकास भनेको विकेन्द्रिकरण हुनु पर्ने उहाँको भनाई थियो ।

उपत्यकामा घर भत्कायर सडक विस्तार गर्ने भन्दा अव उपत्यका वाहिर विकास गर्नु पर्नेमा उहाँले जोड दिनु भएको थियो ।
उपत्यकामा सार्वजनिक सवारी साधनको ब्यवस्था एवं विधुतिय सवारी साधन, मेट्रो संचालन गर्दै निजी सवारी साधनलाई निरुत्साहित गर्दै सार्वजनिक सवारी साधनलाई जोड दिनु नै अहिलेको जामको दिर्गकालिन विकल्प भएको उहाँले बताउनुभएको थियो ।