कोन्ज्योसाम गाउँपालिकको घुम्ति सेवाबाट तीन सय लावान्बित

363

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा बिहिवार सञ्चालन गरिएको एक दिने विभिन्न प्रकारको घुम्ति सेवामा गरी करिब तीन सय जना सेवाग्राहीले सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरको संयोजनमा पहिलो पटक कोन्ज्योसोम गाउँपालिकामा घुम्ति सेवा सञ्चलन गरिएको हो ।

गाउँपालिकाको कार्यालयमा सञ्चालन गरिएको घुम्ति सेवाबाट ९३ जनाले नागरिक प्राप्त गरेको, फोटोसहितको मतदाता नामावलीमा ९४ जनाले नाम लेखाएको, पाटन र आनन्द वन अस्पतालबाट प्रदान गरिएको स्वास्थ्य सेवाबाट ६५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमबहादुर मतले जानकारी दिनुभयो ।

उहाँका अनुसार ६० वटा पशुहरूको गोबर तथा स्वास्थ्य परीक्षण गरिएको सामुदायिक प्रहरीले जनतासँग प्रहरी अन्तर्गत भिडियो प्रदर्शन गरेको थियो ।

कार्यक्रममा सांसद द्वय लालकुमारी पुन र चेतनाथ सञ्जेलले घुम्ति सेवाले सर्वसाधारण नागरिकले घरदैलोबाटै सेवा प्राप्त गरेको बताउनुभयो । ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले नागरिकलाई आवश्यक पर्ने सबै सेवा एकै स्थानबाट प्राप्त गर्न सकिने भएकाले घुम्ति सेवा प्रभावकारी भएको विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिका अध्यक्ष गोपीलाल सिङ्तानले घुम्ति सेवा प्रभावकारी भएको भन्दै आगामी दिनमा पनि यस्तो सेवाको आवश्यक्ता औंल्याउनुभयो ।
घरदैलोमै घुम्ति सेवा पाउँदा स्थानीय नागरिकहरू भने खुसी भएका थिए । स्थानीय नागरिकले गाउँपालिकाले समन्वयमा समय समयमा यस्तो घुम्ति सेवा सञ्चालन गर्नुपर्ने सुझाव दिएको थियो ।
कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुले समेत घुम्ति सेवा लिइएको गाउँपालिकाले जनाएको छ ।