काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ निकट क्रान्तिकारी पत्रकार संगठन नेपालले चार जना सदस्यलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेकाे छ। दाङमा सम्पन्न केन्द्रीय समितिको बैठकले मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेका जन्मदेव जैशी, कमल बुढा, बाबुराम भुसाल र सुदीप बर्देवालाई क्रान्तिकारी पत्रकार संगठनको पनि साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ।
बैठकले देशभर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकार संगठनको पक्षमा अभियान चलाउने निर्णय गरेको छ। साथै
बैठकले पछिल्लो समय केही व्यक्तिले संगठनको लेटर प्याड, छाप र संगठनका केन्द्रीय सदस्यको नाम समेत दुरुपयोग गर्दै हस्तक्षर नभएका नक्कली विज्ञप्ति निकाल्ने र यस संगठनको नेतृत्व विरुद्ध भ्रम फैलाउने कार्य भएकोप्रति संगठनले गम्भीर ध्यानकर्षण भएको जनाएको छ।
बैठकपछि संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले संयुक्त विज्ञप्ति जारी गर्दै गलत व्यक्तिका नक्कली र गलत प्रचारको भ्रममा नपर्न देशभरका संगठनका सदस्य, सञ्चारकर्मी र शुभचिन्तकलाई आग्रह गरेको छ।
बैठकले संगठन र नेतृत्वविरुद्ध अनावश्यक तथा भ्रामक प्रचार गर्ने, संगठन विरोधी गतिविधि गर्ने तथा संगठनको निर्णय नमान्ने एवं अनलाईन सञ्चार माध्यम, समाजिक सञ्जाल (फेसबुक/ट्वीटरलगायत) मार्फत संगठन र नेतृत्वको बदनाम गर्ने गम्भीर हर्कत गरिरहेकाले त्यस्ता क्रियाकलाप तत्काल रोक्न आग्रह गर्दै संगठनको विधि र पद्धतिअनुसार अगाडि बढ्न निर्देशन समेत दिएको छ।
देशभरका विभिन्न जिल्ला शाखाको भेला, बैठक, सम्मेलन तथा पत्रकारितासम्बन्धी प्रशिक्षण कार्यक्रम चलाउने निर्णय समेत बैठकले गरेकाे छ। बैठकले देवानी तथा फौंजदारी संहितामा रहेका प्रेस स्वतन्त्रताविरोधी बुँदा खारेज गर्न, न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पत्रकारको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयनका लागि दबावमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकारका हकहितका लागि हुने सबैखाले आन्दोलनमा संगठनको ऐक्यबद्धता र सहकार्य रहने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
यस्ताे छ विज्ञप्ति :









































