काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोष सञ्चालनको कार्यशैली परिवर्तन गर्न निर्देशन दिएका छन्।
कोषका सञ्चालक समिति अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संघीय संरचना र स्थानीय तहको क्षेत्राधिकारलाईसमेत मध्यनजर गर्दै पुनःसंरचना गर्न आग्रह गरे।
उनले कोषलाई गरिब र विपन्न वर्गाको क्षमता विकासमा केन्द्रित हुन र उद्यमशीलता प्रवद्र्धन गर्दै गरिबी निवारणमा ठोस उपलब्धि हासिल हुने गरी कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिए।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले गरिबी निवारण गर्ने जिम्मेवारी तीनवटै तहको भए पनि सामुदायिक संस्थाहरुको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहकै हुनुपर्ने विचार व्यक्त गरेका थिए।नेपाललाइभ







































