भक्तपुर । पैसाको प्रलोभनमा मिर्गौला झिकी आफ्नै बाबुलाई प्रत्यारोपण गराउने मुख्य अभियुक्त मानिएका २४ वर्षीय आशीष बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेपलाञ्चोक बनेपा नगरपालिका(२ टुकुचाका २९ वर्षीय कुमार गिरीको मिर्गौला झिकेर कानेपोखरी गाउँपालिका(१ मोरङ स्थायी घर भई हाल भक्तपुर नगरपालिका(१ सल्लाघारीमा डेरा गरी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई प्रत्यारोपण गराई फरार रहेका उनका छोरा आशीषलाई प्रहरीले तीन महिनापछि बानेश्वरबाट पक्राउ गरेको हो ।
कुमारलाई महिनौ देखि लालन पालन गरेर थर्कबहादुरको छोरा हो भनी कीर्ते कागज र छाप प्रयोग गरी मिर्गौला झिकेर थर्कबहादुरलाई प्रत्यारोपण गराएको घटना बाहिर आएपछि प्रहरीले उनलाई पक्राउ गरे पनि छोरा आशिष भने फरार रहेका थिए ।
मानव शरीर अंग प्रत्यारोपण र सरकारी छाप कीर्ते मुद्दा दर्ता भएकाले पक्राउ परेका आशिषलाई भक्तपुर जिल्ला अदालतमा पेश गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिए ।
मृगौला प्रत्यारोपण भएको महिना दिन पछि पैसाको कुरा नमिल्दा उक्त घटना बाहिरिएको थियो । घटना बाहिरिए सँगै गिरीले आफ्नै छर छिमेकी लगाएत गाउँका दाजुभाईलाई झुटो आरोप लगाउँदै उनीहरुले आफुलाई फसाएको र आफ्नो मृगौला नै निकालिएको भनी जायरी दिएका थिए ।
देख्दा सुस्त मनस्थितिका गिरी शारीरिक रुपमा भने कुनै पनि समस्या नभएको डाक्टले बताउँदै आएका छन् ।
४ पटक सम्म कुनै पनि विरामीलाई उनको मृगौला झिकिदैछ के नाता पर्छ तपाईँको विरामी सँग घर कहाँ आमाको नाम बुवाको नाम छर छिमेक आदि सवै सोधिन्छ । यि सवमा आफु बस्नेतको नै छोरा भएको आफुले राजि खुसिले आफ्नो बुवा अर्थात बस्नेतलाई मृगौला दिन लागेको हो भनी कागज गर्दै आएका थिए । जव पैसामा कुरा नमिल्दा उनका आफन्तले उनी मानसिक रोगी भएको आदि भन्दै बस्नेत परिवारलाई आरोप लगाउँदै आएको बस्नेत परिवार बताउँछन् ।
गिरी विगत ४ बर्ष यता गाउँमा नवसी अनेत्र नै बस्दै आएका थिए । बस्नेत परिवारले विगत ६ महिना देखि गिरीलाई सँगै राखेर पालन पोषण गरि रहेका थिए ।







































