गुन्द्रुकको भाउ सस्तियो, अरु तरकारको भाउ कति ?

442

काठमाडौं – काठमाडौंको मुख्य थोक बजार कालिमाटीमा बिहीबार गुन्द्रुक सस्तो भएको छ । गुन्द्रुकको भाउ किलोमा १ सय १० रुपैयाँ घटेर ८५ रुपैयाँ थोक मूल्यमा कारोबार भैरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

गुन्द्रुक बुधबार किलोको १ सय ९५ रुपैयाँ थोक मूल्य थियो । यस्तै बिहीबार भाउ घटेर घिउसिमी किलोको ७८ रुपैयाँ, भटमासको कोसा ६८ रुपैयाँ र काँक्रो ४८ रुपैयाँ थोक मुल्यमा झरेको छ । यस्तै भाउ बढेर परवर र चिचिण्डो किलोको ४८ रुपैयाँ, घिरौला र भिन्डी ५८ रुपैयाँ, बन्दा १८ रुपैयाँ तथा हरियो प्याज किलोको १ सय ५ रुपैयाँ थोक मूल्य पुगेको छ । अरु तरकारीको भाउ भने बुधबार जस्तै छ ।

बजारमा करेला र लौका ४८ रुपैयाँ, स्कुस २८ रुपैयाँ, पाते च्याउ १६५ रुपैयाँ, रातो आलु ३१ रुपैयाँ, सेतो आलु २९ रुपैयाँ, काउली ७८ रुपैयाँ, मूला २२ रुपैयाँ, भन्टा ३८ रुपैयाँ, पाकेको फर्सी ४८ रुपैयाँ, हरियो फर्सी किलोको ५८ रुपैयाँ, बोडी ६२ रुपैयाँ, भिन्डी ५२ रुपैयाँ, ठूलो गोलभेडा किलोको ७८ रुपैयाँ, सानो गोलभेडा ३८ रुपैयाँ, सुकेको प्याज ४४ रुपैयाँ, हरियो खुर्सानी ६२ रुपैयाँ, हरियो धनियाँ २ सय ४५ रुपैयाँ र भेडे खुर्सानी किलोको ६२ रुपैयाँ थोक मुल्यमा कारोबार भैरहेको समितिले जनाएको छ ।