काठमाडौं ।
ग्रामर पब्लिक मावि कोटेश्वरको क्याप्टेन, भाइसक्याप्टेन तथा हाउस क्याप्टेन गरि १० वटा पदको लागि सम्पन्न प्रजातान्त्रिक निर्वाचनमा अधिकाँश पदमा छात्राहरुले बाजी मारेका छन ।
विद्यालयको क्याप्टेन, भाइस क्याप्टेन र ४ वटा हाउसका क्याप्टेन, भाइसक्याप्टेन गरि कूल १० वटा पदका लागि भएको निर्वाचनमा ७ जना छात्रा र ३ जना छात्रले जितेका थिए ।अंकित पौडेल, नाप्छेवा राई र गौरव पौडेलवाहेक अन्य ७ वटा पदमा छात्राहरुले जितेका हुन् ।
विद्यालयका ४ देखि १० कक्षाका विद्यार्थीले मतदान गरेको सो निर्वाचनमा विद्यालय क्याप्टेनमा इशा मिश्र र भाइस क्याप्टेनमा सोनिया खड्का विजयी भए ।
यसैगरि म्याग्नोलिया हाउसको क्याप्टेनमा अंकित पौडेल र भाइसक्याप्टेनमा शितल कार्की, मेरिगोल्ड हाउसको क्याप्टेनमा सुम्निामा राई र भाइस क्याप्टेनमा गौरव पौडेल, गोल्ड अर्किडको क्याप्टेनमा नाप्छेवा राई र भाइसक्याप्टेनमा निकिता केसी तथा लालिगुँरास (रोडोडेनड्रम) हाउसको क्याप्टेनम निशा दर्नाल र भाइसक्याप्टेनमा निहारिका राई विजयी भएका छन् । 
विजयी पदाधिकारीहरुलाई विद्यालयका संस्थापक प्रिन्सिपल राजकुमार राई, भाइस प्रिन्सिपल सुर्दशन पाण्डे, नेपाली विषय विभाग प्रमुख आनन्दकला राई, अतिरिक्त कृयाकलाप संयोजक एवम् निर्वाचन आयुक्त पासांग नामग्याल घिसिंगलगायतले टिका तथा खादा लगाएर वधाइ तथा शुभकमना दिएका थिए ।







































