ग्लीटर फ्युचरको आयोजनामा नेसनल प्याव्सनको वादविवाद सम्पन्न

3
भक्तपुर ।  नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम ग्लीटर फ्युचर स्कुलको आयोजनमा यही फागुन २९ गते शुक्रवार अन्तर-विद्यालय वादविवाद प्रतियोगिता २०८२ भव्यताका साथ सम्पन्न भएको छ ! प्रतियोगिता दुई श्रेणी कक्षा ६ र ७ गरी सञ्चालन गरिएको थियो । कक्षा ६ र ७ का विद्यार्थीहरू जसले आफ्नो प्रतिभा, आत्मविश्वास, ज्ञान र क्षमतालाई वाककलाको माध्यमबाट प्रस्तुत गरेका थिए ।
मदरल्याण्ड स्कुलकी समृद्धि कपाली कक्षा ७ को श्रेणीबाट विजेता बन्न सफल भएकी थिइन । त्यसै गरी पहिलो उपविजेता बिमल मेमोरियल स्कुलकी प्रविधि खड्का, दोस्रो उपविजेता आरक्षण नेसनल स्कुलकी इशानी पुरी र तेस्रो उपविजेता संस्कार गुरुकुल स्कुलकी आयुषा पराजुली हुन सफल भएका थिए ।
वादविवाद प्रतियोगिताको कक्षा ६ तर्फको श्रेणीमा पाथीभरा स्कुलकी प्रत्युषा श्रेष्ठ  विजेता, पहिलो उपविजेता  बिमल मेमोरियल स्कुलकी प्रिन्शा देउजा, दोस्रो उपविजेता आरक्षण नेसनल स्कुलकी युनिषा खत्री र तेस्रो उपविजेता संस्कार गुरुकुल स्कुलका ऋषभ अधिकारीले उपाधि पाउन सफल भएका थिए ।
आयोजक विद्यालय ग्लीटर फ्युचर स्कुलका प्रिन्सिपल एवं नेसनल प्याव्सन भक्तपुरका उपाध्यक्ष राम प्रसाद खाताखोको सभापतित्व सम्पन्न अन्तर विद्यालय वादविवाद प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले आयोजक विद्यालयलाई धन्यवाद व्यक्त गर्दै विजेता विद्यार्थीहरूलाई पुरस्कृत गर्नु भएको जानकारी आयोजक विद्यालयका सह प्रिन्सिपल जिवेश सिटिखुले दिनु भएको थियो ।