चन्दा उठाएरै सुडालमा विस्काः, जनप्रतिनिधिले भने जात्रा गर्न पैसा छैन

857

सुडाल । चन्दा उठाएरै सुडालको विस्का:(विस्केट) जात्राले निरन्तरता पाएको छ । लिच्छवी कालमा शुरु भई तात्कालिन राजा आनन्द देवको पाला देखि लोप भएको जात्रा चन्दाको भरमा नै निरन्तरता पाई रहेको छ ।
लामो समय देखि रोकिएको उक्त जात्रा विक्रम संम्वत २०७९ देखि स्थानीय, संस्कृति विद,गाविस, विभिन्न संघ संस्था आदिको सहयोगमा पुन संचालनमा ल्याईएको थियो । स्थानीय निकाय विभिन्न संघ संस्था सहकारी युवाहरुको चन्दा रकमबाट निरन्तरता पाएको जात्रा लाई चाँगुनारायण नगरपालिकामा जनप्रतिनिधि आएपछि भने उल्टै कस्ट भएको छ ।
अघिल्ला वर्षमा गाविस हुँदा केहि रकम जात्रालाई भनी दिने गरिएको थियो पछि नगरपालिका भएपछि पनि निरन्तरता पाएको उक्त कार्य भने स्थानिय निकायमा जनप्रतिनिधि आएपछि भने झन समस्या आएको जात्रा ब्यवस्थापन संयोजक सहदेव साखकर्मी बताउँछन् ।
तत्कालिन राजा आनन्द देवको पाला देखि लोप भएको र स्थानिय युवाहरूको पहलमा विगत दस बाह्र बर्षदेखि पुन सञ्चालनमा आईरहेको ब्रम्हायणी जात्रामा स्थानिय सरकारी निकाय तत्कालिन गाविस देखि हालको नगरपालिकाले निरन्तर आर्थिक सहयोग भईरहेकोमा यसपालिदेखि उक्त सहयोग नगर्ने भन्ने जनप्रतिनिधिबाट जानकारी पाउँदा अत्यन्तै दुःख लागेको छ । लोप भई सकेको जात्रालाई नगरपालिकाले नै निरन्तरता दिनु पर्ने र संस्कृति जर्गेनामा हातमा हात गर्नु पर्नेमा उल्टै निरास तुल्याउँदा आफूहरु दुखित र मर्माहत छौं । उनी सुनाउँछन् ।
विभिन्न कस्टका बाबजुत पनि सहयोगी मनहरुको सहयोगमा लिच्छवि कालदेखि अबरुद्ध भएको भक्तपुर सुडाल स्थित् बम्हायणी देवीको जात्रा यस वर्षपनि निरन्तरता भने पाएको छ ।
लिच्छविकालिन राजा आनन्द देवको पालामा अवरुद्ध भएको सो जात्रा २०६९ साल वैशाख १ गतेबाट पुनः संञ्चालनमा ल्याईएको थियो । आनन्द देव राजाले भक्तपुर नगरलाई सुडालको ङाबुबाट हालको भक्तपुर नगर भएको स्थानमा सारेपछि जात्रा सञ्चालन गर्न कठिनई भएपछि जात्रा रोकिएको संस्कृतविद्हरु बताउँछन् ।
संस्कृती विद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार सुडालमा अस्ट मात्रिका सहित ब्रम्हायणीको मन्दिर हुनुले यो स्थान धार्मिक दृष्टीकोणले उत्कृष्ठ रहेको स्पस्ट हुन्छ । यसका साथै भक्तपुर नगरमा कुनै पनि धार्मिक काम गर्नु परेमा यस स्थानमा आएर पूजाआजा गर्नुपर्ने प्रचलन हाल सम्म रहनुले पनि यो स्थान प्राचिनताको प्रतिक रहेको स्पस्ट हुने उनी वताउँछन् ।
उनले भने नगदुर्गको मुकुटका लागि पनि सो स्थानको माटो नै पहिला ल्याउनुपर्ने र पहिला सुडालकै दुई स्थानमा भक्तपुर नगर रहनुवाट ब्रम्हायणीको महत्व धेरै रहेको छ ।
ब्रम्हायणी जात्रा ब्यवस्थापन समिति अध्यक्ष सहदेव साखकर्मीका अनुसार विक्रम संवत ९३० मा लिच्छविकालिन राजा आनन्द देवको पाला देखि अवरुद्ध जात्रालाई नयाँ पुस्ताले सञ्चालन गर्नु आजको आवश्यकता महसुस गरि जात्रालाई निरन्तरता दिदै आएका छौं । युवा पुस्ताले मात्र संस्कृतिको रक्ष गर्न सक्ने भन्दै उनले आगामी दिनमा भक्तपुरमा रहेका र लोप हुन लागेका सबै जात्रा तथा पर्वहरुको अनुसन्धान गरी पुनः सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिए ।
ब्रम्मायणी र गणेशको खटलाई चाँगुनारायण नगरपालिका वडा नम्वर ८ साविक सुडाल गाविसको वडा नम्वर २,३र ९ मा घुमाएर यो जात्रा मनाईदै आइएको छ ।