कार्यकता पाल्दै जनप्रतिनिधि
भक्तपुर । चाँगुनारायण नगरपालिकाले बोतल र जारको पानीमा पटके कर उठाउन निजी क्षेत्रलाई ठेक्का दिएको विरोधमा स्थानीय व्यवसायीहरूले बजारमा पानी पठाउन बन्द गरेका छन् । चाँगुनारायण नपाले मङ्गलबारदेखि प्रति जार रु। एक र प्रति बोटल दस पैसा बराबर कर उठाउन भगवती कन्स्ट्रक्सनलाई ठेक्का दिएको छ । स्थानीय तहलाई सिधै आम्दानी हुने क्षेत्र निजी कम्पनीलाई ठेक्का दिएर कर उठाएकोमा उनीहरूले विरोध गर्दै पटक पटक चाँगुनारायण नपाका प्रमुखलाई ध्यानाकर्षण गराएका थिए । व्यवसायीहरूले असार २६ गते निजी क्षेत्रलाई कर उठाउन दिने टेण्डर खारेज गरी नगरपालिकाले स्वंयले एकमुष्ठ कर उठाउन माग गर्दै मेयरलाई ज्ञापन पत्र बुझाएका थिए । तर नगरप्रमुखले आफ्नो मागप्रति बेवास्ता गरेको व्यवसायीको भनाई छ ।
उनीहरु भन्छन् सिधै धुस खान नमिले पछि कार्याकर्ता पाल्दै जनप्रतिनिधिले आफ्नो दम्व दखाउँदै पैसा कमाउने मेलो बनाएको उनीहरुको आरोप रहेको छ ।
‘हामीले पहिले पनि कर तिरेका थियौं । आगामी दिनमा पनि कर तिर्न तयार छौं । तर हामीले तिरेको कर नगरपालिकाको कोषमै जम्मा होस् र त्यो पैसा विकास निर्माणमा खर्च होस्, कोही ठेकेदारको पेवा नबनोस् भन्ने हाम्रो माग हो ।’,नेपाल बोटल वाटर उद्योग सङ्घ भक्तपुरका क्षेत्रीय संयोजक राम सुवाल बतउँछन् ।
विशेषतः भक्तपुर जिल्लाको उत्तर क्षेत्र साविकका दुवाकोट, झौखेल र चाँगुनारायण क्षेत्रमा पानीको भूमिगत मुहानहरू छन् । सो क्षेत्रमा दर्ता भएका १३ पानी कारखानामध्ये हाल ११ वटा सञ्चालनमा छन् ।
‘हामीले कर नउठाउन भनेका छैनौं । कर नगरपालिकाले नै उठाओस् र हरेक दिन ढाट राखेर नभई वर्षको एकमुष्ठ उठाओस् भनिरहेका छौं ।’, उद्योगीहरूको भनाई छ ।
उद्योगीहरूले गाविस हुँदा वार्षिक ६ हजार तिर्दै आएका थिए । नगरपालिका घोषणा भएपश्चात वार्षिक २० हजार तिर्ने निर्णयअनुसार सहमति जनाउँदै आएका छन् । नगरपालिकाले यसअघि पनि पानी भरिएका प्रति मिनिट्रक रु।२००, प्रति निसान गाडी रु। १५० र प्रति ट्र्याक्टर रु।५० पटके शुल्क उठाउँदै आएको छ ।
नगरपालिकाले आफ्नो माग सुनुवाई नगर्दासम्म बजारमा बोटल र जारको पानी नपठाउने उद्योग सङ्घका संयोजक तथा व्यवसायी सुवालले भन्नुभयो ।
यस्तै नगरपालिकाले अधिल्लो बर्ष देखि नगरकोट आउने पर्यटकबाट शुल्क उठाउन विषय पनि यस्तै रहेको छ । नगरपालिकाले अन्य क्षेत्रमा जस्तै सिधै कर्मचारी राखेर पर्यटक सँग शुल्क उठाउने सक्ने भएपनि नगरपालिकामा विजेता जनप्रतिनिधिहरुको चलखेलले यस वर्ष पनि नीजि कम्पनिलाई नै ठेक्का दिईएको छ । नगरपालिकाले ३ करोड ३९ लाखमा खुलाएको ठेक्का आफैले तोकेको रकम भन्दा कम ३ करोड ५ हजारमा दिएको छ । बार्षिक डेड लाख पर्यटक नगरकोट भित्रने गरेका छन् जो सँग तीन सय ३९ रुपैयाँको दरले पनि लगभग पाँच करोड शुल्क उठ्ने भएपनि नगरपालिकाले आफ्नो चलखेलमा कार्यकता पाल्न तथा आफु पैसा कमाउने स्रोत बनाउन नीजि कम्पनिलाई नै ठेक्का दिएको छ । हाल विभिन्न कार्यालयबाट आएका कर्मचारीलाई आफैले काम दिन नसकेको नगरपालिकाले कर्मचारी अभाव आदि बहाना गर्दै यसरी नगरपालिकालाई प्रत्यक्ष रुपमा आम्दानी हुने क्षेत्रमा नीजि कम्पनीलाई ठेक्का दिदै जानुले नगरपालिका जनप्रतिनिधिले भनई कुनै ब्यापारी एवं दलालहरुले चलाई रहेको जस्तो भान हुन्छ ।








































