चाँगुनारायण न.पा.मा क्षयरोगी भेटिए

380

बाबुकाजी श्रेष्ठ
भक्तपुर। – नेपाल क्षयरोग निवारण संस्था र राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको सहकार्यमा भएको “क्षयरोगी विरामी खोजौं, उपचार गरी निको पारौं” भन्ने अभियानमा चाँगुनारायण नगरपालिका वडा नं. ४ खोरिया तामाङ बस्तीमा भएको निःशुल्क खकार शिविरमा एक जना पोजेटिभ विरामी फेला परेको छ ।

संस्थाका सभापति राम सिख्वःको नेतृत्वमा प्राविधिक ल्याव टोलीले त्यस क्षेत्रमा शंकास्पथ क्षयरोगी विरामी पत्ता लगाउन निःशुल्क खकार शिविर संचालन गरेको छ ।

उक्त शिविरमा ५६ जनाको स्क्रीनिङ्ग गरिएकामा १५ जनाको मात्र खकार संकलनमा आएको सोमा महिला पुरुष गरी १५ जनाको खकार परिक्षण गरिएको संस्थाका कार्यालय सचिव हिरण्यप्रताप सांगामीले जानकारी दिनुभयो ।

चाँगु हेल्थ पोष्टको इन्चार्ज लोकेन्द्र पौडेलले खकार शिविरको लागि स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरी सहयोग गरेका थिए ।

हालसम्म क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले संचालन विभिन्न स्थानहरुमा गरिएको निःशुल्क खकार शिविरबाट ३ जना क्षयरोगी विरामी पत्ता लगाइसकेको निवर्तमान सभापति बाबुकाजी श्रेष्ठले संचारकर्मीहरुलाई जानकारी दिनुभयो ।