चाँगुनारायणमा नेपाली काँग्रेसको वृहत चुनावी सभा हुँदै

19

भक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. १ न्यौपाने गाउँ चोकमा नेपाली काँग्रेसले वृहत चुनावी सभा आयोजना गर्ने भएको छ। आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टीले जनताको व्यापक सहभागितासहित कार्यक्रम सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।

उक्त सभामा भक्तपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अधिवक्ता किरण न्यौपाने  रहनुभएको छ । उहाँले लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, पारदर्शिता तथा क्षेत्रीय विकासका प्राथमिकताबारे आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

त्यसैगरी, समानुपातिक तर्फका उम्मेदवारहरू  डा. गंगा अवाल,विनोद कायस्थ, र मदन कृष्ण श्रेष्ठ पनि सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनीहरूले संविधानको संरक्षण, समावेशी प्रतिनिधित्व र विकासमुखी नीतिहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नेछन्।

नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूका अनुसार चाँगुनारायण क्षेत्रमा पार्टीको जनाधार सुदृढ रहेको र उक्त सभा ऐतिहासिक हुने अपेक्षा गरिएको छ। सभामा ठूलो संख्यामा मतदाता, शुभेच्छुक तथा कार्यकर्ताहरूको सहभागिता रहने जनाइएको छ।

पार्टीले सम्पूर्ण नगरबासीलाई उपस्थित भई लोकतान्त्रिक अभियानलाई थप सशक्त बनाउन आग्रह गरेको छ।